मलेसिया, युएई, कतार र साउदी अरवमा रहेका नेपालीलाई सहयोग गर्न ५ करोड

मलेसिया, युएर्ई, कतार र साउदी अरवमा रहेका तथा कोभिड १९ का कारण समस्यामा परेका नेपालीलाई सहयोग गर्न अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले गैर आवासिय नेपाली संघलाई ४ लाख २४ हजार ३ सय १० अमेरिकी डलर सहयोग गर्ने भएको छ । संघलाई ति चारवटा मुलुकमा रहेका तथा अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न आइएलओले सो रकम उपलव्ध गराउने गरी सम्झौता भएको छ । सहयोग रकम झण्डै ५ करोड १० लाख हुन्छ ।

संघका अध्यक्ष कुमार पन्तका अनुसार संघको पहलमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्दार भईरहँदा श्रमिकको लागि अनुदान रकम उपलव्ध हुनुले थप जिम्मेवारीबोध भएको बताएका छन् । पन्तले सो रकम अप्ठ्यारोमा परेकाहरुलाई सहयोग तथा कोभिड १९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न खर्च गरिने बताएका छन ।

उनले संघले ति चारवटा मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको बताए । ति कार्यालयबाट विदेशमा कोरोनाकै कारण काम छाड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने पनि संघको तयारी छ । साथै आईएलओबाट प्राप्त सहयोग नेपाल फर्किनेहरुका लागि समेत खर्च गरिनेछ ।

यो पनि पढ्नुहोस् नाकावन्दीमा कतारले गरेको प्रगति जो नेपालका लागि पनि सिक्न लायक छ

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय