भरतपुरको बजेट: विदेशबाट फर्केकाहरुलाई रोजगारी, शुन्य व्याजदरमा अनुदान

भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षको बजेट मार्फत वैदेशिक रोजगारबाट फर्केकाहरुका लागि रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको छ । सो महानगरपालिकाको छैठौं नगर सभामा बुधबार प्रस्तुत आर्थिक बर्ष २०७७ ७८ को वार्षिक बजेटमा बजेटको उद्देश्यको पहिलो बुँदामा नै कोभिड–१९बाट प्रभावित व्यक्तिको उपचार र क्वारिन्टिन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिहरुका लागि रोजगार सिर्जना गर्ने उल्लेछ छ ।

सो महानगरपालिकाले नीजि तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्ने उद्देश्य समेत राखेको छ । बजेटको प्राथमिकताका क्षेत्रहरूमा रोजगारी सिर्जना तथा सहकारी क्षेत्रको प्रवद्र्दन अन्तर्गत विदेशमा आर्जन गरेको सीप उपयोग गरी रोजगारी पैदा गर्ने खालका कृषि लगायतका साना उद्यम गर्न चाहने युवाहरुलाई शुन्य व्याज दरमा अनुदान उपलब्ध गराउने उल्लेख गरिएको छ । युवा तथा उद्यमीहरुलाई नवीन व्यवसाय शुरु गर्न सुरुवाती पुँजी प्रदान लगायतका कार्यक्रम कार्यान्वयन गर्नको लागि ४ करोडको बजेट विनियोजन समेत गरिएको छ ।

यसैगरी महानगरपालिकाले कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत कृषि तथा पशुसेवाका कार्यक्रममा अनुदान प्रदान गर्ने, कृषि ऋणमा २ प्रतिशत व्याज अनुदान उपलब्ध गराउने उल्लेख गरेको छ । बीउबिजन र मल वितरणमा अनुदान दिने, विषादी परीक्षण प्रयोगशालालाई सशक्त एवं व्यवस्थित गर्न पनि महानगरपालिकाले बजेट छुट्याएको छ । एक वडा एक पशु फर्म आधुनीकिकरण कार्यक्रम एवं दूधमा अनुदान कार्यक्रम लगायत कृषि तथा पशु विकास कार्यक्रम कार्यान्वयनमा ल्याउनको लागि क्रमशः कृषितर्फ ८ करोड ५० लाख तथा पशु विकास कार्यक्रमतर्फ ७ करोड गरी जम्मा १५ करोड ५० लाख विनियोजन गरिएको छ ।

यो पनि पढ्नुहोस् स्वदेश फर्किएकाहरुलाई पुनः साउदी फर्किन नयाँ नियम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय