स्वदेश फर्किएकाहरुलाई पुनः साउदी फर्किन नयाँ नियम

छुट्टीमा स्वदेश फर्केका विदेशी श्रमिकहरु अव कोभिड १९ को महामारी पश्चात मात्र साउदी अरव फर्किन पाउने भएका छन् । साउदी अरवले स्वास्थ्य संकट सकिएपछि मात्र विदेशी श्रमिकलाई पुनः साउदी फर्किने अनुमति दिने भएको हो ।

अरव न्यूजका अनुसार ट्वीटरमा एक विदेशी श्रमिकले राखेको जिज्ञासामा साउदी अरवको राहदानी सम्वन्धि महानिर्देशकको कार्यालयले महामारी नसकिएसम्म साउदी अरव फर्किने अनुमति नभएको जनाएको हो ।

साउदी अरवमा हालसम्म १ लाख ६७ हजार २ सय ६७ जनालाई कोभिड संक्रमण भएको छ भनें १ हजार ३ सय ८७ जनाको मृत्य भएको छ । ५३ हजार ८३ जनाको उपचार भइरहेको मध्ये २ हजार भन्दा धेरैको अवस्था चिन्तजनक रहेको समाचारमा जनाइएको छ । आफूलाई कोभिड भएको शंका लागेमा ९३७ मा फोन गर्न वा स्वास्थ्य मन्त्रालयको ह्वाट्सएप नम्वर ९२०००५९३७ मा म्यासेज गर्न सूचित गरिएको छ ।

यो पनि पढ्नुहोस् जो मलेसियाबाट मृत्यु जितेर फर्किए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय