मलेसियाबाट नेपाल फर्किदै हुनुहुन्छ ? थाहा पाउनै पर्ने कुराहरु

तपाई कोभिड १९ का कारण समस्यामा परेर वा रोजगारीको सम्झौता अवधि सकिएरस्वदेश फर्किंदै हुनुहुन्छ ? यदि त्यसो हो र राजदूतावासले तयार पारेको स्वदेश फर्किनेहरुको सूचिमा तपाईको नाम समावेश छ भनें केहि कुरा यकिन गरेर मात्र टिकट काट्न मलेसिया स्थित नेपाली दूतावासले सुचित गरेको छ ।

क्वालालम्पुर स्थित नेपाली राजदूतावासका अनुसार त्यसरी स्वदेश फर्किनेहरुले नेपाल एयरलाइन्स वा हिमालय एयरलाइन्सको टिकट काउण्टरमा सम्पर्क गरी आफूलाई अनुकुल समयको टिकट लिन सक्नेछन् । रोजगारी भिसामा मलेसिया गएर नेपाल फर्कनको लागि आफू बैधानिक रुपमा मलेसियामा बसिरहेको हुनु पर्दछ । मलेसियाको अध्यागमन कार्यालयले स्वदेश फर्किनेहरुसँग चेकआउट मेमे वा विदाको पत्र मध्ये एक खोज्ने गरेको दूतावासले जनाएको छ । रोजगारी भिसामा मलेसिया गएका तथा भिसाको अवधि सकिएकाहरुलाई स्वदेश फर्किन चेक आउट मेमो आवश्यक पर्दछ । चेक आउट मेमो पहिले नै बनाएको र त्यसको म्याद सकिएको भएपनि स्वदेश फर्किन बाधा नपर्ने दूतावासले जानकारी दिएको छ ।

यसैगरी भिसाको अवधि धेरै बाँकी रहेको तर स्वदेश फर्किनेहरुले भनें कम्पनीबाट विदाको पत्र बनाएर मात्र स्वदेश फर्किने प्रकृया गर्न दूतावासले सुझाव दिएको छ । नेपाल फर्किनेहरुले आफू फर्किने जहाज चढ्न तथा नेपाल प्रवेश गर्न नेपाल पुग्ने दिनको सात दिन भित्रको कोभिड १९ परीक्षणको रिपोर्ट साथमा राख्न पनि दूतावासले सूचित गरेको छ ।

यो पनि पढ्नुहोस् उद्दार उडानको कच्चा निर्णय र उदासिन श्रममन्त्री

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय