मलेसियाबाट फर्किने नेपाली लिन जहाज उड्यो, युएईबाट १ सय ४१ जना फर्किए

मलेसियाबाट आज पनि नेपालीलाई स्वदेश फर्काइंदैछ । यसका लागि हिमालय एयरलाइन्सका जहाज काठमाडौंबाट मलेसियाका लागि उडिसकेको छ । सो एयरलाइन्सका मलेसिया प्रतिनिधि सुनिल दहालका अनुसार आज पनि १ सय ५८ जना नेपालीले स्वदेश फर्किन टिकट काटेका छन् । टिकट काटेका मध्ये कतिपयको भनें प्राविधिक कुरा नमिल्दा सवैको उडान नहुन पनि सक्छ ।

यसैगरी युएईबाट पनि आइतवार विहानै १ सय ४१ नेपाली लिएर हिमालय एयरलाइन्सकै जहाज उडिसकेको छ । यसअघि कतार र साउदी अरेवियाबाट ३ सय ९६ नेपाली स्वदेश फर्किएका छन् ।

यो पनि पढ्नुहोस् ३ सय ९६ नेपाली लिएर उडे दुई विमान, विदाईका लागि राजदूतहरु विमानस्थलमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: