उद्दार उडान: साउदी र युएईबाट ३ सय नेपाली फर्किए

साउदी अरेविया तथा युएईबाट झण्डै तीनसय नेपाली शुक्रवार नेपालका लागि उडेका छन् । साउदी अरेवियाबाट हिमालय एयरलाइन्स तथा युएईबाट नेपाल एयरलाइन्स मार्फत उनीहरु स्वदेश फर्र्किएका हुन् ।

साउदी अरेवियाको दमामबाट १ सय ५३ नेपाली स्वदेश फर्किएका छन् । त्यसमध्ये ८ जना महिला सहित १ सय ५३ जना स्वदेश फर्किएको गैर आवासिय नेपाली संघका मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन् । साउदी अरवबाट यो पहिलो उद्दार उडान हो । स्थानीय समय अनुसार राती ११ बजे उनीहरु दमामबाट नेपालका लागि उडेका हुन् ।

यसैगरी युएईबाट १ सय ४८ जना नेपाल फर्किएका छन् । युएईबाट नेपाल फर्काइएका मध्ये १ सय १ जना महिला तथा ४७ जना पुरुष छन् । युएईको उडानमा गर्भवती महिलाहरुलाई प्राथमिकता दिइएको छ । यसअगाडी दूतावासले उपलव्ध गराएको नामावली भन्दा फर व्यक्तिहरुलाई लिएर एयर अरेवियाको जहाज नेपाल आएको थियो । त्यसैले प्राथमिकता सूचिको अगाडी रहेकाहरु पनि पहिलो उडानमा स्वदेश फर्किन पाएका थिएनन् ।

यो पनि पढ्नुहोस् अनौपचारिक माध्यमबाट विदेश गएका महिलाका लागि बोर्डको दर्ता खुल्ला गर्न आव्हान

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: