मलेसियाबाट आज १ सय ५८ नेपाली फर्किंदै, यात्रु लिन जहाज काठमाडौंबाट उड्यो

मलेसियाबाट नेपाल फर्किन चाहने नेपाली लिन हिमालय एयरलाइन्सको जहाज मलेसियाको क्वालालम्पुरका लागि उडेको छ । मलेसिया स्थित नेपाली दूतावासको तालिका अनुसार आज मलेसियाबाट पहिलो लट नेपाली फर्काईंदै छन् ।

हिमालय एयरलाइन्स मलेसियाका प्रतिनिधि सुनिल दाहालका अनुसार आज त्यहाँबाट फर्किन १ सय ५८ नेपालीले टिकट काटेको छन् । यो सो वायुसेवाको पूर्ण क्षमता हो । दूतावासले जुन २० मा नेपाल एयरलाइन्स मार्फत तथा जुन २१ मा पुनः हिमालय एयरलाइन्स मार्फत नेपालीलाई फर्काउने तालिका बनाएको छ ।

यो पनि पढ्नुहोस् साउदी अरवको रियादबाट नेपाल एयरलाइन्सको उडानको मिति तोकियो, प्राथमिकता सूचि पनि सार्वजनिक

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: