साउदी अरवको रियादबाट नेपाल एयरलाइन्सको उडानको मिति तोकियो, प्राथमिकता सूचि पनि सार्वजनिक

साउदी अरेवियाबाट नेपालमा हुने पहिलो उडानको मिति तय भएको छ । साउदी अरव स्थित नेपाली राजदूतावासका अनुसार साउदी अरवको रियादबाट नेपाल एयरलाइन्सले आगामी जुन २१ तारिखमा उडान गर्ने भएको छ ।

सो उडानबाट नेपाल फर्किनेहरुको सूचि प्राथमिकताका आधारमा तयार पारिसकिएको र नेपाल एयरलाइन्सको रियादस्थित आधिकारिक सम्पर्क व्यक्तिलाई पठाईसकिएको दूतावासले जनाएको छ । नेपाल फर्किनेहरुले कोभिड १९ नेगेटिभको प्रमाणपत्र समेत साथमा राख्न दूतावासले सूचित गरेको छ ।

साउदी अरवको रियादबाट नेपाल फर्किन चाहनेहरुको लागि भाडा ४६५ अमेरिकी डलर (साउदी रियाल करिव १७४४) लाग्ने र हवाई टिकटका लागि Gilt Travels and Tours Pvt.Ltd. का सुरेशराज त्रिपाठी, टेलिफोन नं +00966 580596140 , +00966 553101644 (Whats App) ईमेल ठेगाना: [email protected] मा सम्पर्क गर्न आग्रह गरिएको छ । टिकट बुकिङ भईसकेपछि मात्र कोभिड १९ टेष्ट गर्न पनि दूतावासले अनुरोेध गरेको छ ।

यो पनि पढ्नुहोस् सर्वोच्चको आदेशका तीन अनुत्तरित प्रश्न, जसका कारण सहज छैन विदेशबाट निःशुल्क उद्दार

कोभिड १९ को परीक्षण सकेसम्म आफ्नो कम्पनी मार्फत गर्ने व्यवस्था गर्न र सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्न अनुरोध गरिएको छ । सो परीक्षणका लागि राजदूतावासले पनि रियादमा उपयसक्त स्थानको खोजि गरिरहेको भन्दै सो स्थानका बारेमा चाँडै नै जानकारी गराइने जनाइएको छ ।

४ सय ४५ जनाको सूचि हेर्नुहोस्

List_Saudi Arabia
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय