कतार र युएईबाट हुने तय भएको जुन १६ देखि १८ सम्मको उडान स्थगित

 

कतार तथा युएईबाट हुने भनिएको नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सको यो साताको उडान स्थगित भएको छ । ति दुवै देश स्थित नेपाली राजदूतावासहरुले प्राविधिक कारण देखाउँदै उडान स्थगित भएको जानकारी गराएका हुन् । दुवै देश स्थित राजदूतावासहरुले निकालेको सूचनाको व्यहोरा पनि उस्तै छ ।

कतार स्थित नेपाली राजदूतावासको सूचनामा भनिएको छ

जरुरी सूचना ।

गत २०७७ जेठ ३० गते यस राजदूतावासबाट जारी भएको सूचनामा उल्लेख गरिए अनुसार दोहाबाट काठमाण्डौका लागि १६ जुन २०२० मा नेपाल एयरलाइन्सको र १७ जुन २०२० मा हिमालय एयरलाइन्सको उडानहरु प्राविधिक कारणले हुन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।

उक्त उडानहरुको नयाँ तालिका तय भएपछि जानकारी गराइने व्यहोरा समेत सबैमा अनुरोध छ ।

नेपाली राजदूतावास, दोहा
२०७७ असार १

यसैगरी युएई स्थित नेपाली राजदूतावासको सूचनाको व्यहोरा यस्तो छः

सूचना

संयुक्त अरब इमिरेट्सबाट काठमाडौँको लागि १६ र १८ जुन २०२०  (तदनुसार २०७७ असार २, मंगलवार र असार ४, विहीवार) का लागि तय भएका नेपाल एयरलाइन्सका चार्टर्ड उडानहरू प्राविधिक कारणवश हाललाई स्थगन भएको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

नयाँ उडान तालिका प्राप्त हुनासाथ जानकारी गराइनेछ ।

नेपाली राजदूतावास,
अबुधाबी
२०७७ असार १, सोमवार ।

यो पनि पढ्नुहोस् सरकारले तोकेभन्दा सस्तोमा फर्किए १ सय ६६ नेपाली

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: