सरकारले तोकेभन्दा सस्तोमा फर्किए १ सय ६६ नेपाली

कोभिड- १९ का कारण समस्यामा परेका सहित १ सय ६६ नेपाली ओमानबाट नेपाल फर्केका छन् । उनीहरु सलाम एयर मार्फत स्वदेश फर्केका हुन् । उनीहरुलाई नेपाल फर्काउन ओमान स्थित नेपाली दूतावासले समन्वय गरेको थियो ।

ओमानबाट स्वदेश फर्केका नेपालीलाई स्वदेश फर्किन सरकारले तोकेको चार्टर्ड उडान भन्दा सस्तो भाडा परेको छ । यसरी फर्केका मध्ये केहिको टिकट कम्पनीले उपलव्ध गराएका छन्, केहिले आफैंले व्यहोरेका छन् भनें दूतावासको सेल्टरमा रहेका १३ जनाको भनें सरकारले नै तिरेको छ ।

ओमान स्थित नेपाली दूतावासले सलाम एयरसँग छलफल गरी प्रति व्यक्ति १ सय १५ ओमानी रियाल (३६ हजार) मा टिकट उपलव्ध गराएको हो । यसअघि सरकारले ओमानबाट नेपाल फर्किन नेपाल एयरलाइन्स तथा हिमालयन एयरलाइन्सलाई चार्टर्ड उडानका लागि प्रतिव्यक्ति ४५ हजार रुपैंयाँ तोकिएको छ । चर्को विरोधपछि दुई पटक गरेर घटाइएको भाडा दर भन्दा पनि ११ हजार सस्तोमा ओमानबाट ति नेपाली स्वदेश फर्केका हुन् । सुरुमा सरकारले स्वीकृत गरेको भाडा हाल नेपाली फर्केभन्दा २५ हजार बढी थियो । सुरुमा सरकारले ओमानबाट फर्किनेहरुका लागि ५ सय १० अमेरिकी डलर (झण्डै ६२ हजार) शुल्क तोकेको थियो ।

यो पनि पढ्नुहोस् उद्दार उडानको कच्चा निर्णय र उदासिन श्रममन्त्री

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: