वैदेशिक रोजगार व्यवसायीको ईजाजत सहज रुपमा नविकरण गरः नेपाली काँग्रेस

 

नेपाली काँग्रेसले कोभिड १९ को महामारीका कारण सवै व्यवसायमा गम्भीर असर परिरहेको भन्दै वैदेशिक रोजगार व्यवसायीको इजाजत पत्र सहज रुपमा नविकरण गरिदिन सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ती प्रकाशित गर्दै विषम परिस्थितिमा बार्षिक १ सय जना कामदार वैदेशिक रोजगारीमा पठाउनुपर्ने वाध्यात्मक व्यवस्थाका कारण नेपालका करिव ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायीहरुको इजाजत पत्र नविकरण नहुने अवस्था सिर्जना भएको जनाएका छन् ।

वैदेशिक रोजगार ऐनमा गरिएको पछिल्लो संशोधन अनुसार बर्षमा १ सय कामदार रोजगाीका लागि पठाउन नसक्ने वैदेशिक रोजगार व्यवसायीको ईजाजत पत्र नविकरण हुँदैन । सोे व्यवस्थाका कारण धेरै व्यवसायीको ईजाजतपत्र रद्द हुने स्थिति रहेको भन्दै सरकारले ऐनको सो व्यवस्थामा संशोधन गर्ने निर्णय गरिसके पनि औपचारिक निर्णय भएको छैन । ऐनको सो व्यवस्था संसद मार्फत संशोधन हुनु पर्दछ ।

गत साता सरकारको आगामी बर्र्षको बजेट माथिको छलफलमा भाग लिंदै नेपाली काँग्रेसकै साँसद अमरेश कुमार सिंहले श्रम मन्त्री रामेश्वर राय यादवले ऐनको सो व्यवस्था संशोधनका लागि रकमको मोलताल गरिरहेको आरोप लगाएका थिए । त्यसको प्रतिउत्तरमा मन्त्री यादवले आरोप प्रमाणित गरेर देखाउन चुनौति दिएका थिए ।

यो पनि पढ्नुहोस् सरकारले तोकेभन्दा सस्तोमा फर्किए १ सय ६६ नेपाली

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: