साउदीका लागि हिमालयन एयरलाइन्सको जुन १५ को उडान स्थगित

साउदी अरव स्थित नेपाली दूतावासले आगामी जुन १५ का दिन हुने भनिएको हिमालय एयरलाइन्सको उडान स्थगित भएको जनाएको छ । सो वायुसेवाको नयाँ उडान र मिति तथा नयाँ हवाई भाडादरका बारेमा अर्को सुचना प्राप्त हुनासाथ जानकारी दिइने दूतावासले जनाएको छ ।

दूतावासद्दारा जारी सुचनामा हवाई उडानका लागि आवश्यक पर्ने पिसिआर वा आरडीटी जस्ता स्वास्थ्य सम्बन्धी परीक्षण पनि हाललाई नगर्न अनुरोध गरिएको छ । उडान रोकिएका कारण स्वदेश फर्कने तयारीमा रहेका सम्पूर्ण नेपालीमा पर्न गएको असुविधा प्रति दूतावासले दुःख व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस् रोजगारी गुमाएर, अप्ठ्यारो परेर स्वदेश फर्केकाहरुलाई यस्तो नगरौं

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय