कुवेतबाट आइपुगे पहिलो फ्लाईटका नेपालीहरु

कुवेतबाट जजिरा एयरको पहिलो फ्लाइटमा आएका नेपाली त्रिभुवन विमानस्थल, काठमाडौंमा उत्रिएका छन् । कुवेतमा आममाफी कार्यक्रममा सहभागि भएर घरफिर्ति केन्द्र तथा अस्थायी क्याम्पमा रहेकाहरुलाई कुवेत सरकारले सो विमान मार्फत नेपाल फर्काएको हो ।

यसैगरी आजै दोश्रो विमान पनि कुवेतबाट उडिसकेको छ । विहिवार दुईवटा फ्र्लाइटमा गरी ३ सय जनालाई फर्काईंदैछ । उनीहरु आर्दिया क्याम्प र जिलिप डिपोर्टेसनमा राखिएकाहरु हुन् जो कुवेतमा घरेलु कामदारका रुपमा कार्यरत थिए ।

कुवेतमा आममाफीमा संलग्न भएकाहरु मध्ये अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ जना रहेका छन् । जसमा पुरुष एक हजार ६ सय ८८ जना र महिला एकहजार ३ सय ३ जना छन् ।

यसअघि बुधवार नै उनीहरुलाई नेपाल पठाइने भनिए पनि प्राविधिक विषय नमिलेको भन्दै विहिवार दुईवटा जहाजमा नेपाल पठाइएको हो ।

यो पनि पढ्नुहोस् मलेसियाबाट कुन दिन हुनेछ कुन एयरलाइन्सको उडान ? स्वदेश फर्किन सुरुमा कसले पाउने ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय