मलेसियाबाट कुन दिन हुनेछ कुन एयरलाइन्सको उडान ? स्वदेश फर्किन सुरुमा कसले पाउने ?

 

मलेसिया स्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहनेहरुका लागि उद्दार उडानको तालिका सार्वजनिक गरेको छ । सो अनुसार पहिलो उडान जुन १५ तारिखमा हुनेछ । एक उडानका दरले उद्दार उडानको तालिका सार्वजनिक गरिएको हो ।

दूतावासले विहिवार निकालेको सुचना अनुसार जुन १५ को दिन मलेसियाबाट नेपाल एयरलाइन्सको उडान हुनेछ । यसैगरी जुन १८ मा हिमालयन एयरलाइन्सले उडान गर्नेछ । जुन २० मापुनः नेपाल एयरलाइन्सको नै उडान तय गरिएको छ भनें जुन २१ का लागि हिमालयन एयरलाइन्सको उडान हुनेछ ।

दूतावासका अनुसार नेपाल फर्किने प्राथमिकता अनुसार पहिलो उडानमा सुत्केरी, गर्भवती र विरामी महिला हुनेछन् । यसैगरी दोश्रो प्राथमिकतामा सिकिस्तबिरामी परेका पुरुष रहेका छन् । तेश्रो प्राथमिकतामा अध्ययन समाप्त भएका विद्यार्थी र व्यापारिक तथा पर्यटक भिसामा रही भिसा समप्त भएकाहरु हुनेछन् ।

दूतावासको प्राथमिकता अनुसार त्यसपछि रोजगारी भिसामा रही भिसा अवधि समाप्त भएकाहरु रहेका छन् । त्यसपछि कोभिड १९ का कारणले रोजगारी गुमाएकाहरु रहेका छन् । यसैगरी सामान्य बिरामी भएका पुरुषहरु, आफन्तको मृत्यु भई काजकिरिया गर्नुपर्ने व्यक्तिहरु, चेक आउट मेमो र टिकट लिई अलपत्र परेका रोजगारी भिसामा रहेकाहरु र कम्पनीबाट रोजगारी सहित लामो विदाको सुविधा पाएकाहरु क्रमशः रहेका छन् ।

दूतावासले ५ जुन, २०२० मा दूतावासको फेसबुक र वेबसाईटमा जारी गरेको अनलाइन दर्ता फारम मार्फत दूतावासलाई प्राप्त विवरणबाट दूतावासले स्वदेश फर्काईनेहरुको प्राथमिकता तय गरिने जनाएको छ । प्राथमिकतामा परेकाहरुको सूचि दूतावासले वेवसाइटमा राखिने र सूचिमा नाम परेकाहरुले एयरलाइन्स कम्पनीहरुलाई सम्पर्क गरेर टिकट काट्नु पर्नेछ ।

मलेसियाबाट नेपाल फर्किन ५ सय २० अमेरिकी डलर (लगभग २२२० रिंगिट) को टिकट हुने दूतावासले जनाएको छ । नेपाल फर्किनेहरुको कोभिड १९ को परीक्षण अनिवार्य रहेको सुचनामा जनाइएको छ ।

यो पनि पढ्नुहोस् ‘बहुसंख्यक श्रमिकले तलव पाएनन्, सञ्चालनमा रहेका उद्योगको पनि मनोमानी’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय