बुधवार कुवेतबाट दुईवटा फ्लाईटमा नेपालीलाई फर्काईंदै

 

हरि कृष्ण न्यौपाने, कुवेत
कुवेतमा रहेका तथा स्वदेश फर्किने पर्खाइमा रहेका नेपालीहरुलाई बुधवार (जुन१०) का दिन जजिरा एयरको २ वटा फ्लाइटबाट स्वदेश फर्काईने भएको छ ।

नेपाली राजदूतावास कुवेतकी सुचना अधिकारी समेत रहेकी द्धितिय सचिव जानकी ओझाको अनुसार बुधवार जजिरा एयरको दुईवटा फ्लाइटले आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा रहेका नेपालीहरुलाई लैजाने छ। ओझाका अनुसार पहिलो प्राथमिकतामा आममाफी मार्फत फर्किने तयारीमा रहेका २ हजार ९ सय ९१ जनालाई फर्काइने छ। उनीहरु सबैको नामावली र विवरण सम्बन्धित निकायलाई बुझाई सकिएको छ। सहजताको लागि दूतावासले आवश्यक समन्वय गरिरहेको उनले बताइन् । आममाफी मार्फत फर्कनेहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण र निःशुल्क उडानको ब्यवस्था कुवेत सरकारले गर्नेछ।

यसैगरी अन्य विविध कारणले घर फर्कनै पर्ने करिव ४ हजार नेपालीहरुले राजदूतावासको फारम भरेको ओझाले बताईन । उनले थपिन् दिन दिनै घर जान पाउँ भन्नेहरुको संख्या बढिरहेको छ, पहिलो चरणमा आममाफी मार्फतका कामदारहरुलाई फर्काइए पछि दोश्रो चरणमा अन्य कामदारहरुलाई प्राथमिकताको आधरमा फर्काइने छ।

दोश्रो चरणमा फर्काइनेहरु कुन उडानबाट, कति भाडामा जाने र उनीहरुको स्वास्थ्य परिक्षणको प्रकृया पनि अझै निश्चित भईसकेको छैन।

कुवेतवाट फर्काइने शवका बारेमा ओझाले देशपरदेशलाई भनिन्, मृत्यु भएको मितिका आधारमा र मृतकको परिवारहरुको समन्वय हुनसक्ने स्थितिको आधारमा दैनिक हुने फ्लाइटमा पठाइने तयारी दूतावासले गरिरहेको छ ।

यो पनि पढ्नुहोस् कतार स्थित नेपाली दूतावासको गलत तरिका, समस्या कामदारकै थाप्लोमा !

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: