
कोभिड १९ का कारण विदेशबाट फर्किन चाहनेहरुका लागि सरकारले दुईवटा विकल्प दिएको छ, १४ दिनसम्म या त आफैं पैसा तिरेर होटलमा बस्ने वा स्थानीय तहले निर्र्माण गरेका क्वारेण्टिनमा बस्ने । शुक्रवार म्यानमार तथा युएईबाट फर्केकाहरुलार्ई त्यसरी नै राख्न थालिसकिएको छ ।
सरकारले स्थानीय तहले व्यवस्थापन गर्नेगरी बनाएका क्वारेण्टिनमा पठाउनु अगाडी दुई दिनसम्म होल्डिंग सेण्टरमा बस्नुपर्ने व्यवस्था गरेको छ । यसको व्यवस्थापन नेपाली सेनाले गर्दछ ।
होल्डिंग सेण्टरमा बसे पश्चात तोकिएको अवधिका लागि आफैं खर्च व्यहोरेर होटलमा बस्न चाहनेहरुका लागि सरकारले तोकेका होटलहरुको सूची हेर्नुहोस् (तस्वीर प्रतिकात्मक)
यो पनि पढ्नुहोस् नेपालीलाई स्वदेश फर्काउने विषयमा तीन मुलुकका राजदूतहरुले दिए यस्तो सुझाव