नेपालीलाई स्वदेश फर्काउने विषयमा तीन मुलुकका राजदूतहरुले दिए यस्तो सुझाव

विभिन्न मुलुकमा रहेका र स्वदेश फर्किन चाहने नेपालीका लागि चाडर्ड उडानको सट्टा व्यवसायीक उडानको व्यवस्था गर्न, अग्रिम रुपमा टिकटको मूल्य उपलव्ध गराउन तथा पूर्व जानकारी दिएर मात्र स्वदेश फिर्तिको प्रकृया सुरु गर्न विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरुले सुझाव दिएका छन् ।

श्रम रोजगार पत्रकार समूहले शुक्रवार आयोजना गरेको छलफलमा सहभागि मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले चाटर्ड उडान महँगो पर्ने तथा कतिपय कम्पनीले यसअघि नै टिकट उपलव्ध गराइसकेका कारण स्वदेश फर्किने नेपाली श्रमिक मारमा पर्न सक्ने भन्दै उनीहरुलाई स्वदेश फर्काउन व्यवसायीक उडानलाई नै अनुमति दिनुपर्ने बताए । यसले गर्दा यसअगाडी नै टिकट काटेर वायुसेवाले टिकटको म्याद बढाएर राखेकाहरु सहजै स्वदेश फर्किन सक्ने भन्दै त्यसतर्फ विचार गर्न जरुरी रहेको धारणा राखे ।

राजदूत पाण्डेका अनुसार स्वदेश फर्किन भन्दै हालसम्म ६ हजार ३ सय ४३ जनाले आवेदन दिएका छन् । मलेसियामा संक्रमण त्यति ठूलो नभएको र नेपालमा पनि संक्रमण बढ्न थालेका कारण कतिपयले तत्काल स्वदेश नफर्किने मनस्थीति बनाएको उनको भनाई छ ।
साउदी अरेवियाका लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले सरकारले अग्रिम रुपमा कहिले देखि घर फिर्ति उडान सुरु गर्नुपर्ने हो त्यसका बारेमा दूतावासलाई जानकारी दिनुपर्ने बताए । हालसम्म साउदी अरवमा झण्डै १० हजार नेपालीले स्वदेश फर्किन ईच्छुक रहेको भन्दै फारम भरेको र उनीहरुको प्राथमिकता तय गर्ने काम भइरहेको जानकारी दिए ।

राजदूत सिंहले नेपाल फर्किनु पर्नेहरुको पहिलो, दोश्रो, तेश्रो सूचि दूतावासले बनाउने भन्दै तर सरकारले उडान सुरु गर्र्नु कम्तिमा १० दिन अगावै जानकारी दिएमा सहजता हुने धारणा राखे । उनले हवाई टिकटको मूल्यका बारेमा पनि अग्रिम रुपमा जानकारी गराउनु पर्ने आवश्यकता औंल्याए ।

छलफलमा सहभागि कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्धाजले कहिले देखि र कति संख्यामा नेपालीलाई स्वदेश फर्काउने भन्ने विषयमा सरकारले हालसम्म जानकारी नदिएको भन्दै कतारबाट कम्पनीहरुले नै स्वदेश फर्काईदिन्छौ.भनिरहेको जानकारी दिए । उनले कतारमा हालसम्म ७ हजारले स्वदेश फर्किनका लागि आवेदन दिएको भन्दै ६ देखि ७ हजारजति नेपाली फर्किन सक्ने आँकलन गरे ।
हाल कतारमा कोभिड १९ को समस्या कम हुँदै गएको जानकारी गराउँदै राजदूत भारद्धाजले चार्टड उडान महंगो पर्ने भएका कारण रोजगारदाताहरुले नियमित उडान सुरु भएपछि मात्र फर्काउने जानकारी गराएको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय