
कोभिड १९ का कारण विदेशमा अलपत्र परेर स्वदेश फर्किने पर्खाइमा रहेकाहरुलाई साउदी अरव स्थित नेपाली दूतावासले अविलम्व सम्पर्क गर्न सुचित गरेको छ । दूतावासले एक विज्ञप्ती जारी गर्दै स्वदेश फर्किने भनेर फारम भरेकाहरुलाई राजदूतावासको ईमेल [email protected] तथा ह्वाट्सएप नं ०५०००३१७०५ मा आफ्नो कागजात पठाउन सुचित गरेको हो ।
दूतावासका अनुसार त्यसरी फारम भरेकाहरुले बहिर्गमन भिसा र राहदानीको प्रतिलिपि, बिरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधिको प्रेस्कृप्सन, जहाजमा उड्न कठिनाई हुने बिरामीले सो समेत खुलाएर पठाउन आग्रह गरिएको छ । यसैगरी आफन्तको मृत्यु भई काज किरियाका लागि नेपाल फर्किने पर्नेहरुको हकमा कारण सहितको स्वघोषणा र नेपाल फर्किनुपर्ने विद्यार्थीहरुको अध्ययन सकिएको वा विदा लगायतको कागजात पठाउन भनिएको छ ।
अकामा नविकरण नगरिएका, नबनाइएका, कम्पनी छोडेर अन्यत्रै काम गरिरहेकाहरु लगायतका अलेखवद्द (अवैधानिक रुपमा बसिरहेका) हरुको हकमा सम्वन्धित निकायसँग समन्वय भइरहेकोले यसबारेमा पछि जानकारी गराउने दूतावासको सुचनामा जनाइएको छ ।
हवाई टिकट खर्च, कोरोना संक्रमणको अनिवार्य स्वास्थ्य परीक्षण, क्वारेण्टाइनमा बस्नुपर्ने अवधि तथा पालना गर्नुपर्ने अन्य शर्तकाहरुका बारेमा पछि जानकारी गराइने दूतावासले जनाएको छ ।
यो पनि पढ्नुहोस् विदेशबाट फर्किनेले सात दिन भित्रको स्वास्थ्य परीक्षण रिपोर्ट साथमा राख्नुपर्ने