विदेशबाट फर्किनेले सात दिन भित्रको स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नुपर्ने

 

कोभिड-१९ का कारण हाल विदेशमा अलपत्र अवस्थामा रहेकाहरुले त्रिभुवन विमानस्थलमा उत्रिनासाथ स्वास्थ्य परीक्षणको प्रमाणपत्र स्वास्थ्य टोलीलाई देखाउनु पर्ने व्यवस्था सरकारले गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले तयार पारेको कार्ययोजनाको छैठौं बुँदामा हवाई उडानबाट आउने व्यक्तिको निजले साथमा लिइ आएको हवाई उडान अघि सात दिनभित्रको स्वास्थ्य परीक्षण प्रमाणपत्रको चेकजाँच विमानस्थलमा गर्ने भन्ने व्यवस्था छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालको त्रिभुवन विमानस्थलमा खटिने टोलीलाई जिम्मेवारी तोकिएको छ । यो कार्यमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहयोग गर्ने समितिको निर्णय छ ।

कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्वन्धि आदेश, २०७७ मा पनि पनि हवाई उडानबाट स्वदेश आउने व्यक्तिले हवाई उडानअघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पिसिआर/आरडीटी/अन्य परीक्षण) को प्रमाण साथमा राख्नुपर्नेछ भनिएको छ । यस्तो परीक्षण गन्तव्य मुलुकस्थित नेपाली नियोग, रोजगारदाता, गन्तव्य मुलुकको सरकार वा व्यक्ति स्वयं कसले गर्ने भन्ने कुरा स्पष्ट छैन । यसैगरी विमानस्थलमा नै स्वास्थ्यको स्वघोषणा फारम भर्ने काम विदेशबाट आउनेहरुले गर्नुपर्ने छ भनें उनीहरुको ज्वरो नाप्ने काम पनि हुनेछ ।

यसअघि नेपाल फर्किनु पर्नेहरुको सूचि परराष्ट्र मन्त्रालयले तयार पारेपछि उडान अनुमति पर्यटन मन्त्रालयले दिने र यसमा परराष्ट तथा गृह मन्त्रालयको अध्यागमन विभागले सहयोग गर्ने जिम्मेवारी तोकिएको छ ।

विदेशबाट आउनेहरुलाई काठमाडौंमा राख्नका लागि बनाइने होल्डिंग सेण्टरको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ भनें क्वारेण्टिनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापनको जिम्मेवारी पनि सेनालाई नै रहेको छ ।

भारतबाहेकका मुलुकबाट आउने यात्रुले हवाई उडान भाडा, यातायात र होटलमा बसेमा त्यसको खर्च स्वयं व्यहोर्नु पर्नेछ । यसैगरी भारतबाट आउनेहरु यातायात र होटल क्वारेण्टिनको खर्च पनि स्वयं व्यहोर्नु पर्नेछ । तर स्थानीय तहले सञ्चालन गर्ने क्वारेण्टिनमा बस्नेहरुका लागि भनें तोकिएको खर्च सरकारले नै व्यवस्था गर्नेछ ।

उच्चस्तरीय समितिले तयार पारी मन्त्रिपरिषद बैठकले पारित गरिसकेको २६ बुँदे कार्ययोजनामा कार्यान्वयनका लागि नेपाल फर्काउने यात्रुको पहिचान, प्राथमिकिकरण, विवरण संकलन तथा सरोकारवाला निकायहरुमा उपलव्ध गराउन बढीमा १० दिनको समयावधि तोकिएको छ ।

यो पनि पढ्नुहोस् सुरुमा को फर्काइने छन् विदेशबाट (१५ प्राथमिकता सूची)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय