सुरुमा को फर्काइने छन् विदेशबाट (१५ प्राथमिकता सूची)

 

कोभिड १९ का कारण विदेशमा अलपत्र परेर स्वदेश फर्किने पर्खाईमा रहेकाहरु मध्ये सरकारले प्राथमिकताका आधारमा स्वदेश फिर्ता गर्ने यसअगाडी नै तय गरिसकेको छ । सो अनुसार सरकारले विभिन्न १५ वटा प्राथमिकता निर्धारण गरेको छ ।
सरकारले सुरुमा स्वदेश फर्काउने प्राथमिकताका आधारहरु यस अनुसार रहेका छन्ः

– विदेशमा कुनै सजायबाट आममाफी पाएका व्यक्ति
– गैरकानूनी रुपमा बसेर घरफिर्ति केन्द्रमा रहेका तथा नेपाल फर्किने अनुमति पाएका व्यक्तिहरु
– जुनसुकै कारणले बर्हिगमन भिषामा रहेका
– आफन्तको मृत्यु भई काजकारियाका लागि नेपाल आउनुपर्ने व्यक्ति
– श्रम सम्झौताको अवधि समाप्त भएकाहरु, रोजगारी गुमाएकाहरु
– कोभिड १९ बाहेक अन्य कारणबाट गम्भिर स्वास्थ्य अवस्था भएकाहरु
– सुत्केरी तथा गर्भवती महिला
– बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरु
– सरकारी सेवामा रही अध्ययन वा तालिममा गएकाहरु
– अध्ययन समाप्त भएका विद्यार्थीहरु
– नेपाल आउनपर्ने अवस्थामा रहेका विद्यार्थीहरु
– पारिवारिक पुर्नमिलनका लागि गएका व्यक्तिहरु
– कम्पनीबाट रोजगारी सहित विदा सुविधा पाएकाहरु
– अन्तराष्ट्रिय संघ संस्थामा कार्यरत नेपाल आउनपर्ने व्यक्तिहरु
– पर्यटक तथा व्यापारीक भिषामा गएका व्यक्तिहरु

सरकारले स्वदेश फर्किन गन्तव्य मुलुकमा अवस्थित नेपाली नियोगमा घर फिर्तिका लागि निवेदन दिएकाहरु मध्ये प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय गरेको छ । यसरी फर्काउनु पर्नेहरुको सूचि दूतावासहरुको सिफारिसका आधारमा परराष्ट्र मन्त्रालयले तयार पार्न सुरु गरेको छ ।

यसरी फर्काइनेहरुलाई व्यवस्थापन गर्न १० दिनभित्र काम सुरु गर्नेगरी सरकारले आवश्यक तयारी सुरु भइसकेको जनाएको छ । यस सम्वन्धि थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय