खाडीका यी मुलुक जहाँ कार्यालयहरु खोल्ने तयारी हुँदै, हवाई सेवा सुरु हुँदै

 

संयुक्त अरव ईमिरेट्स (युएई), साउदी अरेविया लगाययतका मुलुकहरुले कोरोना भाईरस (कोभिड १९) को संक्रमणका त्रासलाई पन्छाउँदै दैनिकी सामान्य तर्फ फर्काउने तयारी थालेका छन् ।

युएईले आगामी आइतवार (मे ३१) देखि सरकारी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारी उपस्थीत भएर काम गर्ने निर्णय गरेको छ । यो क्रमशः नियमित काम सुरु गर्ने युएई सरकारको योजना अनुरुप भएको जनाइएको छ । गर्भवती महिला, पुरानो स्वास्थ्य समस्या भएकाहरु, बढी उमेरका कर्मचारीहरुले भनें कार्यालय नआई काम गर्ने सुविधा पाउनेछन् । आगामी जुन १४ तारिखदेखि सरकारी कार्यालयहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरु कार्यालयमा उपस्थित भएर काम गर्ने युएई सरकारले निर्णय गरेको गल्फ न्यूजले लेखेको छ ।

यसैगरी खाडी क्षेत्रको अर्को मुलुक साउदी अरेवियाका सरकारी अधिकारीहरुले पनि नीजि क्षेत्रले छिट्टै नियमित काम सुरु गर्न सक्ने बताएका छन् । साउदी अरेवियाको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले बुधवार नीजि क्षेत्रले चाँडै नियमित काम सुरु हुने जानकारी दिएको हो ।

मन्त्रालयले मुलुकको स्वास्थ्य निर्देशिका अनुरुपको कार्यस्थल तयार पार्न नीजि क्षेत्रका रोजगारदाताहरुलाई जानकारी गराएको छ । सुरुमा कफ्र्यू नै लगाएको साउदी अरेवियाले कार्यथलोबाट काम गर्नेगरी तीन चरणको तयारी गरेको अरव न्यूजले लेखेको छ ।

यसअघि नै साउदी अरेवियाले आन्तरिक हवाई सेवा सुरु गर्ने घोषणा गरिसकेको छ । आगामी आइतवार देखि हवाई सेवा सुरु हुनेछ । एक महिना भित्रै सामान्य दैनिकीमा फर्किने योजना सहित साउदी अरेवियाले तीन चरणको कार्ययोजना बनाइसकेको छ ।

यो पनि पढ्नुहोस् तत्काल स्वदेश फर्किने ईच्छा सहित फारम भरेकाहरु खोज्दै दूतावास

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: