७२ जना थपिए कोरोना संक्रमित, सवैभन्दा धेरै रौतहटमा

 

नेपालमा सोमवार थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ सय ७५ पुगेको छ ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा रौतहटको राजपुर फरहदवा नगरपालिका र इशनाथ नगरपालिकाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराका २ जना पुरुष तथा गढीमाई नगरपालिकाका २१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भेरी अस्पताल, नेपालगन्ज र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिका ४ पुरुष, ढुंगेधर गाउँपालिकाकी एक महिला गुराँस गाउँपालिकाका २ पुरुष गरी ७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंको टोखाका २ जना पुरुष र बूढानीलकण्ठका एक जनामा पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा बाँकेके दुधवा र राप्ती सोनारी गाउँपालिकाका ४ जना पुरुष र बर्दियाको बाँसगढी गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाको नगराइन नगरपालिका -३ का ३ जना पुरुष तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वरी गाउँपालिकाका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको समाचार कान्तिपुरले लेखेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय