साउदी अरवमा अप्ठ्यारो परेकाहरुलाई सहयोग गर्दै गैर आवासिय नेपालीहरु

 

तपाई साउदी अरेवियामा कार्यरत हुनुहुन्छ ? कोभिड १९ का कारणले कुनै समस्यामा पर्नुभएमा तपाईलाई त्यहाँ स्थीत नेपाली नियोगहरुका साथै गैर आवासिय नेपाली संघ (एनआरएनए) ले मद्दत गर्न सक्छ । एनआरएनएले खाद्यान्न लगायतका समस्याका कारण आपत परेमा सहयोगका लागि आफ्नो नजिक रहेका संघका तोकिएका व्यक्तिहरुलाई सम्पर्क गर्न सूचित गरेको छ ।

एनआरएनए, साउदी अरेवियाका प्रवक्ता विष्णु न्यौपानेका अनुसार कोभिड १९ का कारण समस्यामा पर्ने नेपालीको गुनासो बढ्दै गएको अवस्थामा संघका क्षेत्रीय तथा स्थानीय समितिहरुलाई सकृय बनाउने प्रयास भइरहेको छ । यसका लागि समितिका नियमित छलफल हुन थालेको न्यौपानेले बताए ।

गैर आवासिय नेपाली संघका मध्यपूर्व सह संयोजक राजेन्द्र अर्यालका अनुसार संघले हालसम्म साउदी अरवमा २ सय ६५ जना समस्यामा परेका व्यक्तिहरुलाई साउदी स्थीत नेपाली कुटनीतिक नियोगहरुसँगको समन्वयमा मानविय आधारभूत आवश्यकताका राहत सामग्री उपलव्ध गराइसकेको छ । साउदी अरवमा हालसम्म १ हजार ३ सय ६४ नेपालीमा कोभिड १९ को संक्रमण देखिएको छ भनें ७ जना नेपालीको ज्यान गईसकेको छ ।

प्रवक्ता न्यौपानेले संघले स्रोत साधनले भ्याएसम्म राहत वितरणलाई निरन्तरता दिने भन्दै साउदीमा अलपत्र परेका पीडितहरुलाई यथाशिघ्र उचित ब्यवस्थापनाका साथ स्वदेश फिर्ता गर्नको निम्ति नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाहरुलाई आग्रह गरे ।

यसैबीच गैर आवासिय नेपाली संघ, साउदी अरेवियाले कुनै पनि नेपालीलाई अचानक ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने,  झाडा बान्ता हुने जस्ता लक्षण देखिएमा तुरुन्त साउदी सरकारले उपलब्ध गराएको एम्बुलेन्स सेवाको ९३७ नम्बर मा सम्पर्क गर्न तथा त्यस्ता समस्या देखिएमा र  खाद्यान्न अभाव भएमा संघको साउदी अरबका प्रतिनिधिहरुलाई सम्पर्क गर्नु अनुरोध गरेको छ । संघका अनुसार विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई आफूलाई पायक पर्नेगरी सम्पर्क गर्न सकिने छ ।

नेपाली राजदुताबास रियाद: (0114611108) र हटलाइन (0559389600)
नेपाली महाबाणिज्य दुताबास जेध्दा:(012-6226665) र (012-6226683)

गैर आवासिय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि नामावली, क्षेत्र तथा सम्पर्क नम्बर

तेज बहादुर थापा अध्यक्ष दमाम 0504438377
राजु सैयद संरक्षक दमाम 0509211996
राजेन्द्र अर्याल (जोन) मध्यपूर्ब सह संयोजक दमाम 0500490398
डमर यादव-प्रमुख सल्लाहकार दमाम 0596563050
ओम घले-संरक्षक दमाम 0534510942
भोलानाथ पौडेल- उपाध्यक्ष दमाम 0598334109
रोशन कुमार श्रेष्ठ- उपाध्यक्ष दमाम 0545226844
बिरेन्द्र कुमार चौधरी-संरक्षक दमाम 0540547829
शुक्र मोक्तान-सदस्य दमाम 0550748154
नरेन्द्र कार्की-सदस्य दमाम 0569736026
विष्णुप्रसाद भण्डारी LCC खोबर अध्यक्ष 0595663140

नारायण पासवान-ICC सदस्य रियाद 0558517861
रमेश भण्डारी-ICC मानार्थ सदस्य रियाद 0543312837
हेम सुवेदी-क्षेत्रिय अध्यक्ष रियाद 0530288127
मेनुका सिटौला ओडारी- क्षेत्रिय उपाध्यक्ष रियाद 0572921153

बिशाल श्रेष्ठ- उपाध्यक्ष अल-कासिम 0535470253
राजकुमार श्रेष्ठ-युवा संयोजक अल-कासिम 0535544688
मनिष कोइराला-सदस्य अल-कासिम 0581605697
रमजानदिन मियाँ-क्षेत्रिय अध्यक्ष अल-कासिम 0590401695

धुर्ब कुमार रिजाल- बरिष्ठ उपाध्यक्ष जेध्दा 0505910744
सन्तोष लुइंटेल-कोषाध्यक्ष जेध्दा 0567289521
बिष्णु न्यौपाने-प्रवक्ता जेध्दा 0590887222
राजकुमार गिरी- क्षेत्रिय अध्यक्ष जेध्दा 0541596759

लाल बहादुर मगर-का.बा महासचिब जिजान 0561541062
रविन तमाङ-क्षेत्रिय अध्यक्ष जिजान 0564540286

भक्त हमाल-सल्लाहकार ताबुक 0555347025
अर्जुन थापा-क्षेत्रिय अध्यक्ष ताबुक 0544994328

यो पनि पढ्नुहोस् मैले यसरी जितें कोरोनालाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय