मैले यसरी जितें कोरोनालाई

 

राजा बगर, दुवई
विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ ले संसारलाई स्तव्ध बनाएको छ । कोरोनाको माहामारीले लाखौ व्यक्तिले ज्यान गुमाईसके, लाखौं स्वस्थ पनि भएका छन् । केहि लाख व्यक्ति उपचाररत छन् । संक्रमण फैलिन नदिन विभिन्न मुलुकहरुले लकडाउन लगायतका सजगता अपनाइरहेका छन् । कष्टकर जीवनकाबीच आम नागरिक यस संक्रमणबाट बच्न भगिरथ प्रयत्न गरिरहेका छन् ।

हुन त रोग लागिसकेपछि के घर के परदेश, जता पनि समस्या नै हुन्छ । तर थोरै आफन्त वा साथिभाईका बीच परदेशको स्वास्थ्य समस्या अझ बढी पीडादायक हुन्छ । यस्तै समस्या भोग्नु पर्यो भेषराज ढकालले । वैदेशिक रोजगारीको लागि आज भन्दा १९ बर्ष पहिला युएई आएका तनहुँका भेषराज ढकाल यहिं कार्यरत छन् ।

उनी सजग नै थिए । कोरोनाबाट बच्ने विशेष सावधानी अपनाइरहेका थिए उनले । एकदिन ज्वरो आउने, घाँटी दुख्ने, शरीरमा आलस्यता आउने, आँखा पोल्ने जस्ता लक्षणहरु देखा परे । गत २१ अप्रिलमा उनको स्वाव परिक्षण गर्दा कोरोन संक्रमण देखियो । कोभिड-१९ देखा परे पछि अस्पतालले उनलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनुरोध गर्यो । परिवार पनि साथमा भएपनि उनी आफ्नो कोठामा नबसी अस्पतालको आइसोलेशनमा भर्ना भए ।

संसारमा लगभग साढे तीन लाख व्यक्तिको ज्यान लिइसकेको कोभिड-१९ आफूलाई पनि संक्रमण भएकाले उनलाई सुरुमा निक्कै अत्यास लाग्यो । बाबा, आमा सम्झिए । आफन्त सम्झिए । साथिभाई सम्झिए । तर मनमनै उनले आत्मबल बढाए । संसारमा लाखौ मान्छेले कोभिड-१९ लाई पराजित गरेका छन र मैले पनि सहजै पराजित गर्छु भनेर ठूलो साहस लिए । कोभिड सामान्य रुघा खोकी हो, सामान्य ज्वरो हो भन्ने सोचेर मन बलियो बनाए । मन भुलाउन घरमा बाबा आमा र आफन्तसँग दैनिक वार्तालाप गर्थे उनी । सवैले सान्त्वना दिन्थे । उनी अस्पतालकै कर्मचारी भएका कारण सुविधामा कुनै कमी पनि थिएन ।

भेषराजको भन्छनः कोरोना भाइरस रुघाखोकी ज्वरो आउँदा देखा पर्ने जस्तै लक्षण हो । आत्मबल बलियो बनाउनुस् केही हुँदैन । कोरोना सरुवा भाइरस भएका कारण एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्न सक्दछ । यसमा ध्यान दिनुपर्छ । कोरोनाको संक्रमण प्रत्येक बिरामीलाई छुट्टाछुट्टै लक्षण देखा पर्दछ । हामी धेरै क्वारेन्टाइनमा थियौ तर अरुलाई अरु नै लक्षण थियो । आत्मबल बलियो र शरीरमा रोग प्रतिरोधात्मक क्षमता भएका ब्यक्तिलाई खासै असर नगरे पनि स्वास्थ कमजोर भएका व्यक्तिहरुलाई भनें यसले समस्या सिर्जना गर्दछ ।

उनको अनुभवमा केहि यस्ता कुरा गर्न सकिन्छ जसले कोरोनाको संक्रमण भएको समयमा शरिरलाई फूर्तिलो राख्न र छिट्टै निको हुन मद्दत गर्न सक्दछ । पर्याप्त मनतातो पानी पिउने, सकिन्छ भने केही समय विहान घाममा बस्ने, धेरै चिसोमा नबस्ने र तातो पानीको बाफ लिने, भिटामिन सि युक्त फलफूल खाने, मादक पदार्थ तथा चुरोट र सुर्तीजन्य वस्तु सेवन नगर्नु राम्रो हुने उनी बताउँछन् ।

बिहान उठेपछि तातो पानीमा कागती तथा मह राखेर पिउने, घाँटी दुखेको भए तातोपानी र नुनले कुल्ला गर्ने गर्दा पनि धेरै आराम मिल्छ । उनी भन्छन्ः मुख्य कुरा त आत्मबल बलियो बनाउने नै हो । त्यसैले शरिरलाई तन्दुरुस्त राख्न व्यायामहरु गर्नु र सकारात्मक सोच्नु अत्यावश्यक छ । सकेसम्म कोरोनाको संक्रमणबाट बचौं । तर कोरोनाको संक्रमण भईहालेमा पनि यसबाट मरिहालिन्छ भन्ने होइन, दरिलो हुनुस् यसलाई पराजीत गर्न सकिन्छ ।

(तस्वीर तथा नाम ढकालको अनुमतिमा प्रकाशित गरिएको हो । ढकालले आफ्नो अनुभवले कोरोना संक्रमित अन्य व्यक्तिलाई समेत सकारात्मक सोच राख्न मद्दत गर्ने अपेक्षा गरेका छन्ः सम्पादक )
यो पनि पढ्नुहोस् कतार सरकारले डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सहयोग गर्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय