कतार सरकारले डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सहयोग गर्यो

 

कतारमा रहेका नेपाली श्रमिकका लागि कतार सरकारले खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगका लागि कतार सरकारले १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको गैर आवासिय नेपाली संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तका अनुसार संघको पहलमा सो खाद्यान्न कतार सरकारले गैरआवासीय नेपाली संघ कतार शाखालाई हस्तान्तरण गरेको छ । पन्तले कतार सरकारद्वारा प्राप्त सहयोग एनआरएनए कतारको सकृयतामा नेपाली श्रमिकलाई वितरण भइरहेको बताए ।

गैरआवासीय नेपाली संघका सचिव आरके शर्माका अनुसार कतार सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत ७ हजार प्याकेट खाद्यान्न संघलाई उपलव्ध गराएको हो ।

कतारमा ३ लाख ५१ हजार नेपाली कार्यरत रहेको तथ्याँक छ । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले हिजो विहीवार प्रकाशित गरेको सूचना अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ४५ जनामा जाँच गर्दा थप १ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण भेटिएको संघको कतार शाखाका अध्यक्ष मोहम्मद मुक्तदाले जनाएका छन् । ६ सय ८८ जना निको भएको र एक जनाको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको मुक्तदाले बताए ।

यसअघि संघका बिभिन्न देशमा रहेका अन्य शाखाले स्थानीय सरकारको सहयोगबाट आर्थिक सहयोग प्राप्त गरेका थिए । कोरोना संक्रमणले प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए बेल्जियमले १० हजार युरो र न्युजिल्यान्डले ६० हजार अमेरिकी डलर सहयोग प्राप्त गरेका थिए ।

यो पनि पढ्नुहोस् विदेशबाट नेपाली फर्काउने विषयमा भएन कुनै निर्णय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय