विदेशबाट नेपाली फर्काउने विषयमा भएन कुनै निर्णय

विदेशमा रहेका तथा कोरोना भाईरस (कोभिड १९) महामारीका कारण स्वदेश फर्किन चाहने नेपालीका सन्दर्भमा शुक्रवार बसेको मन्त्रीपरिषद बैठक कुनै निर्णय निर्णय नगरी सकिएको छ । आजको मन्त्रीपरिषद बैठकमा यस सम्वन्धमा कुनै निर्णय हुने अपेक्षा गरिएको भएपनि मन्त्री परिषद बैठकले यसका विषयमा कुनै निर्णय गरेन ।

शुक्रवार छोटो समयका लागि बसेको मन्त्री परिषद बैठकले सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सा अनुरुप संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधनका लागि सदनमा प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस् मलेसियामा प्रहरी धरपकड रोक्न राष्ट्र संघको आग्रह

९ जेष्ठ २०७७, शुक्रबार