मलेसियामा प्रहरी धरपकड रोक्न राष्ट्र संघको आग्रह

मलेसियामा आप्रवासी कामदार, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरुलाई जथाभावी रुपमा पक्राउ नगर्न संयुक्त राष्ट्रसंघका अधिकारीले आग्रह गरेका छन् । कोभिड १९ को महामारीकाबीच आप्रवासी कामदार प्रति भइरहेको भेदभाव तथा घृणा फैलाउने काम नगर्न आग्रह गरिएको हो ।

“महामारीको सुरुवाती चरणमा केहि सकारात्मक कदम पश्चात मलेसियामा के भइरहेको छ भनेर हामी सतर्क छौं” संयुक्त राष्ट्र संघका मानव अधिकार सम्बन्धि विशेष समाधीक्षक (स्पेशल र्यापोर्टर) फिलिप गोन्जालेज मोरालेशले भनेका छन् । हाल जारी धरपकडले महामारी नियन्त्रणका लागि भइरहेको प्रयासलाई ओझेलमा पार्ने भन्दै उनले आप्रवासी कामदारमाथिको धरपकड रोक्न आग्रह गरेका छन् ।

गत मे १ देखि सुरु भएको धरपकडले आप्रवासी कामदारलाई तर्साउने काम गरिएको भन्दै गोन्जालेजले यसका कारण आप्रवासी कामदारहरु कोभिडको कुनै लक्षण देखिएपनि परीक्षण गराउन नआउने भन्दै मलेसियन सरकारलाई सजग गराएका छन् ।

मलेसियाले जारी राखेको धरपकडका विरुद्दमा बोल्ने र आप्रवासी कामदारको अधिकारका पक्षमा बोल्ने मानवअधिकारीकर्मीहरुलाई धम्क्याइएको भन्दै विज्ञप्तीमा यस्ता कार्य अविलम्व रोक्न आग्रह गरिएको छ । यसैगरी धरपकडको विषयमा समाचार संकलन गर्न पत्रकारहरुलाई पनि रोक लगाइएको विज्ञप्तीमा जनाइएको छ । यस्तो कार्य सरकारी अधिकारीहरु, राजनीतिक दलका नेताहरु तथा सार्वजनिक सेवा प्रदान गर्ने अधिकारीहरुले जारी राखेको संयुक्त राष्ट्र संघको ठहर छ ।

मलेसियामा ३ सय ५० जना भन्दा बढी आप्रवासी कामदारलाई थुनामा राखिएको भन्दै उनीहरुलाई क्षमताभन्दा धेरै मान्छेहरुको बीचमा राखिएको र यसले थप जोखिम निम्त्याएको जनाइएको छ ।

यो पनि पढ्नुहोस ‘नत्र विदेशमा अलपत्र श्रमिक र तिनका परिवारको आँशु लाग्नेछ’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय