विदेशबाट आउनेको व्यवस्थापनमा जुट्ने की अरुको हुर्मत लिन अरिंगाल परिचालन गर्ने ?: भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विदेशमा अलपत्र परेकाहरुको उचित व्यवस्थापन गर्न, सीमानामा व्यवस्थीत गरेर परीक्षण गरी आआफ्नो स्थानीय तहसम्म पुर्याउन सरकारसँग माग गरेका छन् । भट्टराईले प्रत्येक वडामा क्वारेन्टीनका लागि विद्यालयको भवन प्रयोग गर्न र शिक्षकलाई परिचालन गर्न आग्रह गरेका छन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले ट्वीटरमा लेखेका छन्ः भारत लगायत विदेशबाट विचल्लीमा परेर फर्किने श्रमिकहरूलाई कोचाकोच गरेर जोखिममा पार्नु सट्टा सीमानामा व्यवस्थित ढंगले परीक्षण गरेर आ(आफ्नो स्थानीय तहसम्म पुर्याउने व्यवस्था गरौं १ प्रत्येक वडामा क्वारेन्टिन निम्ति स्कूल र शिक्षकहरूलाई परिचालन गरौं। आगामी दिन अझै चुनौतिपूर्ण हुनेछन् ।

यसैगरी उनले विदेशमा काम गरेर स्वदेश फर्किनेहरुको परीक्षण तथा व्यवस्थापन हुन नसकेको भन्दै लेखेका छन्ः नेकपाको ओली गुटभित्र विवेक भएका मान्छे बाँकी छैनन् ? विदेशमा काम गर्ने लाखौं श्रमिक स्वदेश फर्किरहेछन् । तिनको परीक्षण, व्यवस्थापन हुन सकेको छैन। अरिंगाल सेनालाई प्रतिपक्षीको खेदो खन्नु सट्टा मौरी सेनामा बदलेर कोरोना विरूद्ध लडाईंमा लाउन सकिन्न ? मान्छे नरहे पहाड मात्रले राष्ट्र बन्ला ?

उनले अर्को ट्वीटमा लेखेका छन्ः कोरोना दिन दुइगुना रात चौगुनाले बढ्ने खतरा देखिदैछ । विदेशमा लाखौं श्रमिक अलपत्र छन् । सीमामा विना परीक्षण छोडिदैछ।मर्नेको सदगतको व्यवस्था छैन।सर्वत्र परीक्षण कीटको अभाव छ।मन्त्री नेताका घरघरमा नयाँ नक्सा बाँड्न व्यस्त छन् । अरिंगाल सेना विपक्षीहरूको हुर्मत लिन तल्लीन छ । देश कता जाँदैछ ?

कोरोनाका कारण युएईमा थप एक नेपालीको मृत्यु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय