कोरोनाका कारण युएईमा थप एक नेपालीको मृत्यु

युएईमा थप एक नेपालीको कोरोना भाईरस (कोभिड १९) का कारण मृत्यु भएको छ । उनी रसिद अस्पताल, ट्रमा सेण्टरमा उपचाररत थिए । योसँगै युएईमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या १८ जना पुगेको छ ।

कोभिड १९ को संक्रमण भएपछि २५ दिन अगाडी उनी अस्पताल भर्ना भएका थिए । उनको मृत्यु तीन दिन अगाडी नै भएको र आज मात्र परिवारले जानकारी पाएको उनका एक नातेदारले देशपरदेशलाई बताए ।

कोभिड १९ कोसंक्रम भएर अस्पताल भर्ना भएका उनले केहि समय अगाडी फेसबुकमा लेखेका थिएः मेरो निवेदन, कोभिड १९ लाई हल्का नलिनु होला । भनिन्छ कोरोना सामान्य रुघाखोकी हो, तर होइन । म आज त्यसै अवस्थाबाट गुज्रिएको छु ….

केहि समय अगाडी उनले लेखेको अर्को एक भावुक पोष्टमा भनिएको छः मैले जिन्गीलाई धेरै नियाल्ने प्रयास गरिहें, जहाँ कति नचाहेर नै बुझें अनी कति चाहेर पनि बुझ्न सकिन । जिन्दगीलाई नियाल्ने तुच्छ चेष्टाले म आफ्नै परिचयबाट बञ्चित हुन पुगेछु । झिनो आशा त अझै पनि टुटेका छैनन् मनका, अझै नियाल्दै छु यो जिन्दगी भन्ने शव्दलाई किनकी म अझै जिन्दगीको हर पहिचानबाट अपरिचित नै छु ।।।।। त्यसैले नियाल्दै छु जिन्दगीको गन्तव्य, अनी चाल्दै छु पाइलाहरु आफ्नै गतिमा, खोज्नु छु आफ्नै परिचयहरु यीन शव्दहरुमा निरन्तर …. केवल निरन्तर ।।।।

उनले कुनै अर्कै सन्दर्भमा भनेका नटुटेका मनका आशा कोभिड १९ ले चुँडि दिएको छ ।

यो पनि पढ्नुहोस् कतार सरकारले डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सहयोग गर्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय