उचित तरिकाले मास्क नलगाए लाखौं जरिवाना, जेल सजाय समेत हुनसक्ने

युएई र कतारले सही तरिकाले मास्क नलगाएको पाइएमा ठूलो आर्थिक जरिवाना गर्ने भएका छन् । कतारले मे १७ तारिख देखि मास्क नलगाई बाहिर हिंडेको भेटिएमा २ लाख कतारी रियालसम्म जरिवाना, तीन बर्षसम्म कैदा वा दुवै सजाय हुने चेतावनी दिएको छ ।

कतारको आन्तरिक मन्त्रालयले विभिन्न भाषामा सुचना प्रकाशित गर्दै यसमा सजग रहन आग्रह गरेको हो । एक्लै गाडी चलाइरहेका व्यक्तिमा भनें गाडीभित्र रहँदा यो नियम लागु हुने छैन । तर सुरक्षाका हिसावले मास्क लगाउनु नै उचित हुने यस क्षेत्रमा कार्यरतहरुको भनाई छ ।

यसैगरी दुवईमा मास्क नलगाए वा सही तरिकाले नलगाएको भेटेमा दुवई प्रहरीले १ हजार दिराम (झण्डै नेरु ३२ हजार) जरिवाना हुने चेतावनी दिएको छ ।

घर बाहिर जाँदा सही तरिकाले मास्क लगाउन आवश्यक रहेको दुवई प्रहरीले जनाएको छ । अन्यथा १ हजार दिराम जरिवाना तिर्न तयार रहन प्रहरीले चेतावनी दिएको हो । कतिपयले लगाएको मास्क नाक र मुख भन्दा तल झुण्डिरहेको, घाँटिमा लगाएको, पाईण्टको खल्तीमा हालेर हिंडेको देखिएको भन्दै सही तरिकाले मास्क लगाउन प्रहरीले चेतावनी दिएको हो ।

यो पनि पढ्नुहोस् सरकारको नीति तथा कार्यक्रमः यी हुन् रोजगारी सम्वन्धि मुख्य योजना

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय