लकडाउन थपिने, मोडालिटी फेर्ने तयारी

सरकारले कोरोना भाईरस (कोभिड १९) फैलिन नदिन गत चैत्र ११ गतेदेखि लगाउँदै आएको लकडाउन अझ थप्ने तयारी गरेको छ । कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप्ने तर यसको मोडालिटी परिवर्तन गर्ने गरी सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

यसका लागि उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेको र न्यून जोखिममा रहेका क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी फेर्ने गरी तयारी हुन थालेको छ ।

समितिले शुक्रबार स्वास्थ्यक्षेत्रका विज्ञहरुसँग छलफल गरेको थियो । सो छलफलमा लकडाउनको मोडालिटीलाई परिवर्तन गर्दै कसरी आमनागरिकको जनजीवनलाई सहज बनाउन सकिन्छ भनेर छलफल भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय