विदेशबाट नेपाली श्रमिकको उद्दार गर्न २० करोडको सीडमनि प्रस्ताव

 

गैरआवासिय नेपाली संघ (एनआरएनए) ले नेपाली श्रमिकको उद्दारका लागि २० करोडसम्मको सीड मनिको व्यवस्था गर्न नेपाल सरकारलाई प्रस्ताव गरेको छ । एनआरएनएको वैदेशिक रोजगार समितिका संयोजक समेत रहेका एनआरएनएका उपाध्यक्ष बद्री केसीले सरकारलाई सो प्रस्ताव गरिएको जानकारी गराएका हुन् ।

गैरआवासीय नेपाली संघ, अन्तराष्टिय समन्वय परिषद अन्तर्गतको कोडिभ १९ उच्चस्तरीय स्वास्थ्य समिति आयोजना गरेको मध्यपूर्वमा रहेका नेपालीहरुको वर्तमान अवस्था सम्वन्धि भर्चुअल छलफलमा उनले विदेशमा अलपत्र परेका १ सय १२ जना नेपालीहरुको शव नेपाल लैजान नेपाल सरकारले कदम चाल्नु पर्नेमा पनि जोड दिए ।

छलफलमा कतारको लागि नेपाली राजदूत नारद भारद्वज, बहराइनको लागि नेपाली राजदूत पदम सुन्दास, आईसीसी अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, प्रवक्ता डिबी क्षेत्री, सचिव राजेन्द्र कुमार शर्मा तथा मध्यपूर्वका एनआरएन संयोजक प्रविण गुरुङ सहित मध्यपूर्वका बिभिन्न राष्ट्रका एनसीसी अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा स्वास्थ्य समितिका तर्फबाट यूएईबाट रविन्द्र कुमार यादव, साउदी अरबबाट अनिरुद्द पाठक, कतारबाट नितेश अर्याल लगायतको उपस्थिति रहेको थियो ।

मध्यपूर्वमा रहेका नेपालीहरुको अवस्थाको बारेमा उक्त छलफल केन्द्रित थियो । अधिकांश एनसीसी अध्यक्षहरुले अलपत्र परेका नेपालीहरुको तत्काल उद्दार गर्नुपर्ने माग गरेका थिए ।

कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले सकारात्मक सुचना सम्प्रेषण गरी नेपालीहरुको मनोबल उच्च बनाउन सबैले भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।

कतारका लागि नेपाली राजदूत नारद भारद्वजले नेपाल सरकारले प्राथमिकताक्रम छुट्याइ नेपाल जानै पर्ने भएका नेपाली नागरिकहरुलाई नेपाल लैजाने तयारी गरिरहेको जानकारी दिएका थिए । कोरोनाको समस्या कतिसम्म लम्बिन्छ भन्ने यकिन नभएकोले सबैले धैर्यता कायम गर्नु पर्नेमा उनले जोड दिए ।

एनआरएएनए अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपाली संघ मध्यपूर्वमा रहेका नेपाली मजदुरहरुको स्वास्थ्यलाई लिएर अत्यन्तै चिन्तित रहेको भन्दै विश्व महामारीबाट बच्न यस्तो छलफलले सहयोग गर्ने बताए ।

एनआरएनए प्रवक्ता डिबी क्षेत्रीले नेपाल सरकारले अव आश्वासन मात्र दिएर नपुग्ने भन्दै कहिलेसम्म नेपालीहरुलाई फिर्ता लैजान सकिन्छ भन्ने कार्ययोजना प्रस्तुत गर्नुपर्ने वताए । केही देशहरुमा गर्भवती महिलाहरु अलपत्र परेका छन भन्दै उनीहरुको सुरक्षित मातृत्वमा नेपाल सरकारले ध्यान दिन जरुरी रहेको उनले बताए । सरकारले ठोस् योजना नबनाउँदा विदेशका नेपालीहरुमा निराशा उत्पन्न भएको उनको भनाइ थियो ।

कार्यक्रममा कुवेतबाट मध्यपूर्ब महिला संयोजक सुमित्रा राना, बहराइनकी अध्यक्ष लक्ष्मी गिरी, कतारका अध्यक्ष मोहम्मद मुक्तादा, साउदी अरबका अध्यक्ष तेज बहादुर थापा लगायतले कोरोना प्रकोपका कारण उत्पन्न अवस्थाको बारेमा जानकारी गराएका थिए । साउदी अरबबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्य यस्मीन बेगमले जनचेतना जगाउनु पर्नेमा विशेष जोड दिइन् ।

मध्यपूर्ब उपसंयोजक राजेन्द्र अर्यालले दुतावास र विभिन्न संघसंस्थाहरु एकतावद्द भएर यो प्रकोपसँग जुध्नु पर्ने आवश्यकता रहेको बताए । मिडिया समितिका सहसंयोजक तथा मानार्थ सदस्य मेघराज सापकोटाले स्वास्थ्य र सुरक्षाको विषयमा एनआरएनले थप भुमिका खेल्नु पर्नेमा जोड दिए ।

वक्ताहरुले मनोवैज्ञानिक असरले गर्दा हृदयघात र आत्महत्याका घट्नाहरु बढेकोमा चिन्ता ब्यक्त गरेका थिए ।

मध्यपूर्बमा रहेका नेपालीहरु मनोवैज्ञानिक रुपमा त्रसित रहेकोले उनीहरुको मनोवल उच्च बनाउन काउन्सिलिङ कार्यक्रमको आवश्यकता रहेको वक्ताहरुले बताए । बैठकले ‘हेल्थ टीम’ गठन गरी परिचालन गर्नुपर्ने, हटलाइन मार्फत नेपालीहरुलाई सेवा प्रदान गर्नुपर्ने, राहत तथा औषधीको लागि  ‘हेल्थ फण्ड’  को ब्यवस्था गर्नु पर्नेमा जोड दिएको छ ।

कार्यक्रममा डाक्टर पुरु श्रेष्ठले नेपालीहरुको फिर्ती कसरी गर्ने भन्ने बारेको कार्ययोजना प्रस्तुत गरेका थिए । अधिकांश वक्ताहरुले मध्यपूर्वमा रहेका एनसीसी र दुतावासले संयुक्त रुपमा काम गर्नु पर्नेमा जोड दिए ।

स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाले छिट्टै नै मध्यपूर्व स्वास्थ्य समिति गठन गरिने जानकारी गराएका थिए । समितिले मध्यपूर्वमा कार्यरत नेपालीहरुमा जनचेतना फैलाउँदै विभिन्न कार्य गर्ने बताईएको छ ।

यो  पनि पढ्नुहोस्  भूमिकाविहिन श्रम मन्त्रालय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: