अलपत्र नेपाली श्रमिकप्रति सरकार संवेदनशील बनोस्ः पूर्व श्रम मन्त्री विष्ट

 

निर्वतमान श्रम मन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकहरूको समस्या प्रति सरकारलाई संवेदनशील बन्न आग्रह गरेका छन् । उनले रोजगारीका क्रममा विदेशमा रहेका तथा उद्धार र राहतको लागि सरकारको सहारा खोजिरहेका नेपाली श्रमिकलाई उनीहरुको उद्धार गरी नेपाल ल्याउन, स्वदेश नल्याएसम्म खानेबस्ने कुराको व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै निवर्तमान मन्त्री विष्टले कतिपय देशमा करार सम्झौताको एकपक्षीय रूपमा रद्द गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने र जवर्जस्ती देश छोड्न आदेश गर्ने जस्ता अमानविय घटनाहरू समेत देखा परेका जनाएका छन् । उनले सम्बन्धित देशलाई करार सम्झौताको अनिवार्य पालना गराउन पनि नेपाल सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् भन्ने माग गरेका छन्।
उनले विभिन्न देशमा खानेबस्ने समस्याको कारण नेपालीहरूको जीवन अत्यन्त जोखिममा परेको भन्दै परदेशमा रगतपसिना बगाएर मातृभूमिको सेवा गर्ने विभिन्न देशमा रहेका नेपालीहरू अलपत्र परेकोमा चासो व्यक्त गरेका हुन् ।

यो पनि पढ्नुहोस् भिषा सकिएकाहरुले एमसीओ अन्त्य भएको १४ दिन भित्र मलेसिया छोड्नुपर्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: