भिषा सकिएकाहरुले एमसीओ अन्त्य भएको १४ दिन भित्र मलेसिया छोड्नुपर्ने

मलेसिया सरकारले जनवरी १, २०२० देखि भिषा समाप्त भएका विदेशी नागरिकहरुलाई मुभमेण्ट कन्ट्रेल अर्डर (एमसीओ) को अवधि समाप्त भएको १४ कार्यदिन भित्र हवाई टिकट सहित आफ्नो मुलुक फिर्ता हुन सुचित गरेको छ । क्वालालम्पुर स्थित नेपाली दूतावासका अनुसार यसरी फिर्ता हुन चाहनेहरुले अध्यागमन विभागको कार्यालयमा थप काजगात वा कुनै पास बनाउनु नपर्ने र कुनै किसिमको जरिवाना तिर्नु पर्ने छैन ।

दूतावासले एक सुचना जारी गर्दै एमसीओको अवधि शुरु हुनु पहिले वा एमसीओ लागु भएको अवधिमा भिषा समाप्त हुनेहरुले भिषा नियमति गर्नुपर्ने भएमा एमसिओको अवधि समाप्त भएको ३० कार्यदिन भित्र गर्न पाउने जानकारी दिएको छ । तर यसरी भिषा नियमित गर्नुपर्नेहरुले सम्वन्धित कार्यालयमा अग्रिम समय लिएर मात्र गर्न सक्नेछन् । यसका लागि सम्वन्धित व्यक्तिले आफू कार्यरत कम्पनीको आधिकारिक व्यक्तिसँग सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

मलेसियामा हाल जारी एमसीओ आगामी मे १२ तारिखमा सकिंदैछ । सो पश्चात एमसीओ जारी नभएमा त्यसको १४ कार्य दिन (विचमा पर्ने सार्वजनिक विदा बाहेकका दिनहरु) भित्रमा भिषा सकिएकाहरु स्वदेश फर्किसक्नु पर्नेछ ।

यो पनि पढ्नुहोस् विदेशबाट फर्किनेहरुका लागि रोजगारीको योजना बनाउँदै नगरपालिका

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: