मलेसियाले सवै विदेशी कामदारको कोरोना परीक्षण गर्ने, रोजगारदाताको विरोध

 

मलेसियामा सवै विदेशी कामदारलाई कोरोना भाईरस (कोभिड १९) को परीक्षण अनिवार्य गर्ने यहाँका एक वरिष्ठ मन्त्रीले बताएका छन् । कोभिड परीक्षणको शुल्क रोजगारादाताले व्यहोर्नुपर्ने सरकारको भनाई छ ।

मन्त्री ईस्माईल साब्री याकोवले घरेलु कामदारका लागि भनें स्वाव परीक्षण अनिवार्य नभएको बताएको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् । कुनै पोजेटिभ देखिएमा सो क्षेत्रलाई शिल गर्ने उनले बताए । कोरोना संक्रमित मध्ये विदेशी कामदारमा पनि यसको संक्रमणको वृद्दि धेरै देखिएको मलेसिया सरकारको निश्कर्ष छ ।

तर सरकारको सो निर्णयको रोजगारदाताहरुले भनें विरोध गरेका छन् । कोरोना संक्रमणका कारण थला परेको व्यवसायलाई कामदारलाई अनिवार्य कोरोना परीक्षण गराउनु पर्ने र त्यसको शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने भएपछि त्यसले समस्या हुने उनीहरुको भनाई छ । यसैगरी त्यति धेरै संख्यामा परीक्षण सम्भव हुनेमा पनि उनीहरुले आशंका गरेका छन् ।

तर सरकारले भनें पसल, रेष्टुराँ, कलकारखाना, निर्माण क्षेत्र तथा सेवामूलक अन्य क्षेत्रमा काम गर्ने सवै कामदारको अनिवार्य रुपमा कोरोना परीक्षण गराउनुपर्ने बताएको छ । पछिल्ला केहि दिनमा कोरोनाको संक्रमण विदेशी कामदारको वीचमा बढी फैलिएको भन्दै सरकारले सवै विदेशी कामदारको अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने निश्कर्ष निकालेको हो । स्वाव परीक्षण क्वालालम्पुर र सेलेंगारबाट सुरु गर्ने प्रस्ताव यहाँको स्वास्थ्य मन्त्रालयले राखेको जनाइएको छ ।

यो पनि पढ्नुहोस् ४० प्रतिशत तलव कटौती गर्न सक्ने गरी साउदीमा नयाँ नियम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: