४० प्रतिशत तलव कटौती गर्न सक्ने गरी साउदीमा नयाँ नियम

साउदी अरेवियाले नीजि क्षेत्रमा कार्यरत कामदारको तलव ४० प्रतिशत कटौती गर्न सक्नेगरी नयाँ नियम ल्याएको छ । कोरोना भाईरस (कोभिड १९) का कारण समस्या झेलिरहेको अवस्थामा साउदी अरवले नयाँ नियम जारी गरेको हो ।

सोमवार जारी गरिएको साउदी सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार कम्पनीहरुले अव ४० प्रतिशत तलव कटौती गर्न सक्नेछन् । यसैगरी कोभिड १९ का कारण व्यवसाय सामस्यामा परेको भएमा कामदार कटौती पनि गर्नसक्ने व्यवस्था साउदी अरवले गरेको छ । यसले साउदी अरवमा कार्यरत विशेषगरी विदेशी कामदार प्रभावित हुनेछन् ।

साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले त्यससम्वन्धि निर्णय गरेको प्रतिलिपि आफूसँग सुरक्षित रहेको स्थानीय पत्रिका अल सराक असातले जनाएको छ । सो पत्रिकालाई उधृत गर्दै गल्फन्यूजले लेखेको समाचार अनुसार सो निर्णयमा नीजि कम्पनीहरुले ६ महिनाका लागि आफ्ना कामदारको तलव ४० प्रतिशत कटौती गर्न सक्नेछन् । तर यसका लागि सम्वन्धित कम्पनीले कोभिड १९ का कारण व्यवसाय समस्यामा परेको प्रमाणित भनें गर्नुपर्ने समाचारमा जनाइएको छ ।
यो पनि पढ्नुहोस् स्वदेश फर्काउन प्राथमिकता तय गर्दै सरकार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: