कोरोनाका कारण स्वदेश फर्किन नपाएकाहरुलाई अवैधानिक भन्दै पक्राउ !

मलेसियामा रोजगारी सकेर स्वदेश फर्किने तयारी गरिरहेको अवस्थामा कोरोना भाइरस (कोभिड १९) को महमारीका कारण स्वदेश फर्किन नपाएका नेपालीहरुलाई त्यहाँको प्रहरीले अवैधानिक भन्दै पक्रिन थालेको भन्दै नेपाली मजदुर एकता समाज, मलेसियाले दूतावासको ध्यानाकर्षण गराएको छ ।

समाजका तर्फबाट जारी विज्ञप्तीमा मलेसियामा मुभमेण्ट कन्ट्रोल अर्डर (एमसीओ) जारी भएपछि स्वदेश फर्किन नपाएर भिसा सकिएर अलपत्र अवस्थामा रहेका श्रमिकहरुलाई मलेसियन प्रहरीले अवैधानिक भन्दै पक्राउ गरेको जानकारी प्राप्त भएको जनाइएको छ ।

विज्ञप्तीमा विभिन्न कम्पनीहरुले कामदारहरुलाई खानको लागि न्यूनतम खर्च समेत उपलव्ध नगराएको, जोखिम मोलेर ड्यूटी गरिरहेकाहरुको पैसा कटौती गरेको लगायतका गुनासा व्यापक रुपमा आएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छः पीडित मजदुरहरुलाई उचित न्याय दिलाउन तथा भिसाा सकिएर अलपत्र परेकाहरुलाई सकेसम्म चाँडै व्यवस्थापन तथा स्वदेश फर्किने वातावरण बनाउन राजदूतावासलाई अनुरोध गर्दछौं ।

समाजका अध्यक्ष रामप्रसाद सुवेदीले सयौ नेपाली त्यसरी पक्राउ परेको जानकारी प्राप्त भएको देशपरदेशलाई बताए । उनका अनुसार धेरैले काम गरेपनि तलव नपाएको गुनासो गरिरहेका छन् । मलेसिया सरकारले भनें कामदारको तलव कटौती गर्न नपाइने भन्दै रोजगारदाताहरुलाई यसअघि नै आर्थिक सहयोगको घोषणा गरेको छ । क्वालालम्पुर स्थित नेपाली राजदूतावासले पनि न्यूनतम तलव कामदार पाउने जानकारी दिएको अध्यक्ष सुवेदीले बताए ।

यसैगरी जनउद्दार केन्द्र मलेसियाले रोजगारी पश्चात नेपाल फर्किन पर्खिरहेकाहरु मध्ये धेरैजसोको भिसाको म्याद सकिएको र उनीहरु विस्तारै शारिरीक र मानसिक विरामी पर्दै गएको भन्दै सहयोगका लागि दूतावाससँग आग्रह गरेको छ । केन्द्रले पनि एक विज्ञप्ती प्रकाशित गरी धेरैजसो पीडित श्रमिकहरुलाई कम्पनीले कुनै सहयोग नगरेको र समस्याका बारेमा कुनै चासो नदेखिएको गुनासो दैनिक रुपमा आइरहेको जनाएको हो ।

नेपालमा लकडाउन र मलेसियामा मुभमेण्ट कन्टोल अर्डर ९एमसीओ० लागु भएको अवस्थामा यसको सवैभन्दा ठूलो असर मलेसियामा आफ्नो सेवाकाल सकेर स्वदेश फर्किन लागेका श्रमिकलाई परेको सो संस्थाको भनाई छ । मलेसियामा मे १ देखि अवैधानिक रुपमा बसेकाहरुलाई पक्राउ गर्ने भन्दै ठूलो संख्यामा विदेशी कामदार क्वालालम्पुरबाट पक्राउ परेका थिए । यसको मलेसियाका सामाजिक संस्थाहरु तथा आप्रवासी श्रमिकको अधिकारका पक्षमा कार्यरत अधिकारकर्मीहरुले विरोध गरेका छन् ।(तस्वीर यसअघि मलेसियामा प्रहरीले गरेको धरपकडको समयको प्रयोग गरिएको हो)

यो पनि पढ्नुहोस् मलेसियामा विदेशी कामदार पक्राउ तिव्र, अधिकारवादीहरुद्दारा विरोध

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: