मलेसियामा विदेशी कामदार पक्राउ तिव्र, अधिकारवादीहरुद्दारा विरोध

मलेसियामा प्रहरीले विदेशी कामदारलाई धरपकड तिव्र बनाएको छ । कोरोना भाईरस (कोभिड १९) का कारण विश्वका अधिकाँश मुलुकमा लकडाउन चलिरहेको मलेसियामा पनि मुभमेण्ट कन्ट्रोल अर्डर (एमसीओ) अर्थात आवतजावतमा नियन्त्रण जारी रहेको समयमा प्रहरी भनें आक्रामक रुपमा प्रस्तुत भएको हो ।

मलेसिया सरकारले एमसीओलाई केहि खुकुलो बनाउन थालेको पूर्वसन्ध्यामा प्रहरीले क्वालालम्पुरका खासगरी विदेशी कामदार बस्ने होष्टलहरुमा घेरा हालेर थुप्रै व्यक्तिलाई पक्राउ गरेको तस्वीर तथा भिडियो सामग्री स्थानीय सञ्चार माध्यमहरुले प्रकाशित गरेका छन् । मे दिवस (अन्तराष्ट्रिय श्रमिक दिवस) कोे दिन नै कामदारहरु पक्राउ परेका हुन् । क्वालालम्पुरका तीनवटा ठूला भवनबाट ति कामदारहरु पक्राउ परेका हुन् । त्यहाँ करिव ५ हजार व्यक्तिको बसोवास रहेको र विशेषगरी विदेशी कामदारहरु रहेको बताइएको छ ।

यसैबीच आप्रवासी कामदारहरुको अधिकार रक्षाको क्षेत्रमा कार्यरत संस्था तानागानिताले मुस्लिमहरुको पवित्र पर्व रमजान चलिरहेका समयमा यसरी गरिएको धरपकड गलत भन्दै त्यसलाई अविलम्व रोक्न माग गरेको छ । यसलाई अमानविय र वर्वर काम भन्दै सो संस्थाले सो कार्यको विरोध गरेको हो ।

तानागानिताद्दारा जारी विज्ञप्तीमा भनिएको छः कोभिड १९ को संक्रमण नियन्त्रण गर्न सो समुदाय (आप्रवासी श्रमिक) लाई लक्षित गर्नु उचित होइन । समस्या समाधानका लागि यो तरिका उचित नभएको भन्दै यसमा सुधारका लागि तानागानिताले आग्रह गरेको छ ।
मलेसियामा रहेका लाखौं कागजातविहिन विदेशी कामदार सम्वन्धि समस्या समाधान गर्न व्यवस्थीत तथा पारदर्शी ढंगमा काम गर्नु जरुरी रहेको सो संस्थाको भनाई छ । रमजान चलिरहेको बखत मुस्लिम धर्मावलम्वीहरुलाई तथा एक बर्षका बालबालिकाहरुलाई समेत पक्राउ गरिएको भन्दै यसको तानागानिताले विरोध गरेको हो ।

यसैगरी आप्रवासी कामदारको अधिकारको क्षेत्रमा कार्यरत संस्था आवर जर्नीकी निर्देशक सुमिथा सान्थिनी कृष्णाले मलेसिया सरकारको रवैयाले आप्रवासी कामदारलाई त्रसित बनाउने र उनीहरु सम्भावित कोभिड १९ को संक्रमणमा परेको भएपनि परीक्षण गर्न आउन डराउने बताइन् । उनले विदेशी कामदार किन कागजातविहिन बन्छन् भन्ने विषयमा सरकारले कारण पहिल्याउन सक्नुपर्ने भन्दै कामदार भर्ना प्रकृयामा हुने गलत कार्य रोक्न सरकार बढी जिम्मेवार हुनुपर्ने औंल्याईन् । उनले रोजगारदाताहरुले कामदारलाई ठगिरहेको भन्दै सरकारलाई किन रोजगारदातालाई पक्राउ नगरिएको भनेर प्रश्न गरिन् ।

प्रहरीको धरपकडमा कागजातविहिन विदेशी कामदारलाई मात्र लक्षित गरिएको छैन । वैधानिक हैसियतमा बसिरहेका विदेशी कामदारलाई पनि पक्राउ गर्ने गरिएको र केहि रकम असुलेर छोड्ने गरिएको भुक्तभोगीहरु बताउँछन् । मलेसियामा कार्यरत रमेश कुमार थारुका अनुसार प्रहरीले पक्राउ परेका विदेशी कामदारसँग प्रतिव्यक्ति २ हजार देखि २५ सय रिंगिटसम्म असुल्ने गरेका छन् । हालै आफ्नो चिनजानका दुई थाई नागरिकलाई प्रहरीले विना कारण पक्राउ गरेको र उनीहरुले आफ्नो वैधानिक कागजात देखाउँदा देखाउँदै ४ हजार रिंगिट तिर्न बाध्य पारिएको उनले बताए । रकम नदिएमा तीन तीन महिना थुनामा राख्ने प्रहरीले अड्डी कसेपछि रकम तिर्न बाध्य भएको उनले बताए ।

मलेसियामा समय समयमा कागजातविहिन भएर बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्काउन भन्दै कार्यक्रमहरु ल्याउने गरिएको छ । तर मलेसिया सरकारको प्रयत्नका वावजूद मलेसियामा लाखौं विदेशी कामदार अवैधानिक रुपमा बसिरहेका छन् । ति अवैधानिक रुपमा बसिरहेका कामदार लक्षित गर्दै प्रहरीले सञ्चालन गर्ने धरपकड प्रहरीका लागि कमाउने माध्यम समेत बन्दै आएको यस क्षेत्रमा कार्यरतहरु बताउँछन् ।
यो पनि पढ्नुहोस् अवको प्राथमिकतास् कृषिमा रोजगारी सम्भावना वृद्दि

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: