मन्त्रिपरिषद बैठक सुरु, विदेशबाट नेपाली फर्काउने विषयमा निर्णय हुने

मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रि निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रि केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा विदेशबाट नेपाली फर्काउने विषयमा छलफल हुँदैछ ।

मन्त्रिपरीषदले यस विषयमा आज ठोस् निर्णय गर्ने अपेक्षा गरिएको छ । यसअघि शुक्रवार उच्चस्तरीय समितिले विदेशमा रहेका नेपाली फर्काउने विषयमा तयार पारेको कार्ययोजना पारित गरेको थियो । गत जेठ १२ गते बसेको मन्त्रिपरिषद बैठकले विदेशबाट नेपाली फर्काउने विषयमा कार्यविधि पारित गरेको थियो । सोही कार्यविधि अन्तर्गत रहेर कार्ययोजना तयार पार्ने जिम्मेवारी उच्चस्तरीय समितिलाई दिइएको थियो ।

उच्चस्तरीय समितिले विभिन्न चरणमा स्वदेश फर्काउनु पर्ने नेपालीको विषयमा कार्ययोजना बनाउने, नेपाल फर्काउन हवाई जहाजको व्यवस्थापन, नेपाल फर्काइपछिको क्वारेण्टिनको व्यवस्था लगायतलाई टुँगो लगाएको थियो । सोही विषयमा आजको मन्त्रिपरिषद बैठकले अन्तिम रुप दिने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस् विदेशबाट नेपाली फर्काउने कार्ययोजना पारित

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय