लकडाउन पछि धमाधम सामाजिक सुरक्षा कोषमा सहभागि हुँदै ठूला होटलहरु

कोरोना भाइरस (कोभिड १९) का कारण मुलुकमा लकडाउन (बन्दाबन्दी) सुरु भएपछि नेपालका पाँच तारे होटलहरुले धमाधम आफ्ना श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गरेका छन् । लकडाउनका कारण होटलहरु बन्द अवस्थामा नै पुगेको र कर्मचारीहरुलाई सेवा सुविधा दिनुपर्ने चेपुवामा परेका होटलहरुले आफ्ना कामदार, कर्मचारीहरुलाई कोषमा सूचिकृत गर्न थालेका हुन् ।

सामाजिक सुरक्षा कोषका अनुसार लकडाउन पश्चात होटल हायात, होटल अन्नपूर्ण, होटल सोल्टी क्राउन प्लाजा, होटल र्याडीसन तथा होटल याक एण्ड यतिले आफ्ना कामदार, कर्मचारीहरुलाई कोषमा सूचिकृत गराएका छन् । ति होटलहरुमा कार्यरत झण्डै चार हजार श्रमिक यसबीचमा सूचिकृत भएको कोषले जनाएको छ ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीका अनुसार गत चैत्रको योगदान रकम सरकारले जम्मा गरिदिएपछि पनि कोषप्रति रोजगारदाता तथा श्रमिकहरुको आकर्षण बढेको हो । श्रमिक तथा रोजगारदाताका तर्फबाट चैत्र महिनामा कोषमा गर्नुपर्ने योगदान वापतको १८ करोड रकम सरकारले उपलव्ध गराएको छ । हालसम्म कोषमा ९६ करोड योगदान रकम संकलन भइसकेको कोषले जनाएको छ ।
कोषमा गत बैशाख १० गतेसम्ममा १२ हजार ३ सय ३० रोजगारदाता तथा १ लाख ५७ हजार योगदानकर्ता सूचिकृत भइसकेको कोषको तथ्याङ्क छ ।

किन आवश्यक छ सामाजिक सुरक्षा ? हेर्नुहोस् डकुड्रामा

यो पनि पढ्नुहोस् खुशी रहौं, मनोसामाजिक समस्याबाट यसरी बचौं

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: