पाल्पाली समाजले गृहजिल्लामा वितरण गर्यो मास्क र साबुन

राजा बगर, दुवई
पाल्पाली समाज युएईले आफ्नो गृह जिल्लामा नगरपालिकाहरु तथा गाउँपालिकाहरुमा मास्क र साबुन वितरण गरेको छ । कोभिन १९ को संक्रमणबाट जोगाउन सहयोग गर्ने उद्देश्यले मास्क र हात धुने साबुन पाल्पा जिल्लामा अवस्थित दुई नगरपालिका र आठवटा गाउँपालिकाका जनप्रतिनिधिहरुको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

ति सामग्रीहरु केही समय अगाडी नै वितरण गर्ने योजना भए पनि लकडाउन र प्रतिकुल मौसमका कारण ढिला भएको पाल्पाली समाज, क्षेत्रीय समितिका अध्यक्ष तथा राहत वितरण कोषका सयोजक कृष्ण प्रसाद तिमल्सिनाले जानकारी दिए

रामपुर नगरपालिकालाई ८ सय तथा तानसेन नगरपालिकालाई सात सय मास्क, निस्दी गाउँपालिका, पुर्व खोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागडी गाउँपालिका, तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकाहरुमा २ सय ६८ वटाका दरले सावुन वितरण गरिएको पाल्पाली समाजले जनाएको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण हालसम्म विश्वमा ३० लाख भन्दा बढी संक्रमित भएका छन् भनें दुई लाख भन्दा धेरैको ज्यान गईसकेको छ । संक्रमित मध्ये ९ लाख भन्दा बढी निको भएका छन् । हालसम्म कुनै खोपको विकास नभईसकेका कारण कोरोना संक्रमणबाट जोगिनु नै यसको एकमात्र विकल्प हो ।
यो पनि पढ्नुहोस् व्यवसायजन्य दुर्घटनाबाट ज्यान गुमाएकाहरु प्रति सम्झना गरौ, जीवितका लागि संघर्ष गरौं

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: