कतारका अमिर शेख तामिम वीन हमाद अल थानीले नेपाल लगायतका केहि मुलुकमा तत्काल औषधिजन्य सहयोग पठाउन निर्देशन दिएका छन् । कतारको सरकारी समाचार एजेन्सी कतार न्यूज एजेन्सीका अनुसार शेख तामिमले नेपालसँगै रुवाण्डा तथा ट्यूनिसियामा पनि औषधिजन्य सहयोग पठाउन निर्देशन दिएका हुन् ।
कोरोना भाइरस (कोभिड १९) विरुद्द लड्नका लागि ति दुवै मित्र मुलुकहरुलाई औषधिजन्य सहयोग पठाउन अमिरले निर्देशन दिएको क्यूएनएले जनाएको छ ।
यो पनि पढ्नुहोस् व्यवसायजन्य दुर्घटनाबाट ज्यान गुमाएकाहरु प्रति सम्झना गरौ, जीवितका लागि संघर्ष गरौं