यातायात मजदुर संगठनले वितरण गर्यो झण्डै २८ सय सदस्यलाई राहत वितरण

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले लकडाउन (बन्दाबन्दी) को समयमा समस्यामा परेका आफ्ना सदस्यहरुलाई खाद्यान्न राहत वितरण गरेको छ । सोही क्रममा संगठनका विभिन्न प्रदेशका कमिटीहरुले बैशाख १५ गतेसम्ममा झण्डै २८ सय सदस्यहरुलाई राहत वितरण गरेको संगठनले जनाएको छ ।

संगठनका अध्यक्ष भीम ज्लावा राईका अनुसार संगठनले प्रदेश नं १ मा ९ सय ५२ जना, प्रदेश नं २ मा ३ सय ६१ जना, बागमति प्रदेशमा ६ सय ७ जनालाई राहत वितरण गरिएको छ । यसैथरी गण्डकी प्रदेशमा ६ सय २ जना, प्रदेश नं ५ मा १ सय २१ जना तथा सुदुरपश्चिम प्रदेशमा १ सय ५३ जनालाई राहत वितरण गरिएको हो ।

अध्यक्ष राईका अनुसार राहत वितरणको क्रममा बिराटनगर महानगरपालिकाले बसपार्कमा मजदुरहरुलाई खानाको व्यवस्था गरेको थियो भनें पनौति नगरपालिकाले ७ सय ५० किलो चामल प्रदान गरेको थियो । यसैगरी पनौतिस्थित पूण्यवती यातायात प्रालीबाट २२ हजार सहयोग प्राप्त भएको, पूर्व नेपाल यातायात प्राली बिराटनगर, नेकपा मोरङ जिल्ला कमिटी, नेकपा धरान उपमहानगर कमिटी, डिपोटियन क्लव धरान, लायन्स क्लव धरानले पनि सहयोग गरेको थियो । राहत वितरणमा देशका विभिन्न स्थानिय तह र जनप्रतिनिधिहरुले सहयोग गरेको संगठनले जनाएको छ ।

यो पनि पढ्नुहोस् खुशी रहौं, मनोसामाजिक समस्याबाट यसरी बचौं

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: