‘विपत्तिको समयमा आप्रवासी श्रमिकलाई अलपत्र पार्न पाइन्न’

विश्व ट्रेड युनियन महासंघ,समन्वय समिति, नेपालले सस्तो श्रम मुल्यमा श्रमिक लगेर काम गराउने अनि बिपत्तिमा कामदारलाई अलपत्र पार्न नपाइने भन्दै उनीहरुलाई सुरक्षित बनाउन माग गरेको छ । यसका लागि रोजगारीका लागि विभिन्न मुलुकहरुमा रहेका आप्रवासी श्रमिकहरुलाई सुरक्षित बनाउन र गन्तव्य मुलुकको स्थितिको जानकारी गराइरहने संयन्त्रको विकास गर्न पनि सो संस्थाले आग्रह गरेको छ ।

विश्व ट्रेड युनियन महासंघ,समन्वय समिति, नेपालका संयोजक प्रेमलकुमार खनालले एक विज्ञप्ती प्रकाशित गर्दै आप्रवासी कानुन अनुसार गन्तव्य मुलुकका नागरिक र श्रमिक सरह नै समान व्यवहार र सुरक्षित गराउन सरकार र बिदेश स्थित कुटनीतिक नियोगहरु अझबढी सक्रिय भएर लाग्न जरुरी रहेका बताएका हुन् ।

यसैगरि अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) लाई पनि सरकारले ध्यानाकर्षण गराएर यस्तो बिपत्तिको घडीमा हरेक देशमा आप्रवासी श्रमिकलाई सुरक्षित गर्ने, समान व्यवहार गर्न गराउने कार्य गराउन जरुरी रहेको विज्ञप्तीमा जनाइएको छ । यो बेला कुटनीतिक नियोगहरु अरु बेला भन्दा बढी परिचालित भएर गन्तव्य मुलुकका कुना काप्चासम्म छरिएर काममा संलग्न आप्रपासी श्रमिकहरुलाई सुरक्षित गराउन लाग्नुपर्ने विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति, नेपालले जनाएको छ ।

यो पनि पढ्नुहोस् जनैखटिरा, श्रममन्त्री यादव र गुमेको एउटा अवसर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: