आधा विदेशी कामदार फर्काउन दवाव

कोरोना भाईरस (कोभिड १९) को संकट कायमै रहेको अवस्थामा कुवेतमा विदेशी कामदार स्वदेश फर्काउने दवाव बढेको छ । कुवेतमा कोभिड १९ को संक्रमण देखा परेपछि सुरु भएको लकडाउनसँगै उठेको यस्तो आवाजमा पछिल्लो पटक त्यहाँकी साँसद सफा अल हसिमले समर्थन गर्दै पुनः यो आवाज उठाएकी हुन् ।

कुवेत टाइम्सका अनुसार साँसद हसिमले ट्वीट गर्दै वर्तमान अवस्थामा विदेशी श्रमिकको संख्यालाई घटाउने हो भनें यसले कोरोनाको संक्रमण फैलिने दरलाई पनि कम गर्न सकिने बताएकी छन् । यसअघि पनि अरु केहि साँसदहरुले कोरोनाको संक्रमणको समयमा आधा विदेशी श्रमिकलाई स्वदेश फर्काउनु पर्ने भन्दै आएका छन् । हाल कुवेतमा ३३ लाख विदेशी कामदार छन् । त्यसैले आधा विदेशी कामदार घटाउनु पर्ने आवाज उठेको कुवेत टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

कुवेतमा हाल सवैभन्दा धेरै भारतीय, फिलिपिनो, बंगलादेशी तथा पाकिस्तानी नागरिक छन् । त्यसैले उनीहरुको संख्या घटाउनु पर्ने कुवेतका साँसदहरुको माग छ । नेपालीको संख्या भनें कुवेतमा ठूलो छैन । तसर्थ विदेशी कामदार फर्काउने दवावका वीच नेपालीको रोजगारी भनें तुलनात्मक रुपमा सुरक्षित मानिन्छ ।

साँसद खालिद अल ओटीविले पनि हाल आफ्ना नागरिक फर्काउन तयार नहुने मुलुकहरुसँगको सम्वन्धका विषयमा कुवेतले पुनर्विचार गर्नुपर्ने तर्क गरेका थिए । यस्तै निर्णय संयुक्त अरव ईमिरेट्स (युएई)ले यस अगाडी नै गरिसकेको छ ।

कुवेतले हाल एक महिनाको आममाफी सञ्चालन गरिरहेको छ । कुवेतमा बस्दै गरेका कागजातविहिन नागरिकलाई यो समयावधिमा विना कुनै कानूनी कारवाही स्वदेश फर्किन पाउने व्यवस्था कुवेतले गरेको छ । तर हवाई उडाउनहरु बन्द भएका कारण त्यस्ता कामदारहरु चाहेर पनि स्वदेश फर्किन सक्ने अवस्था छैन । कुवेतले भारत तथा ईजिप्टलाई लक्षित गर्दै स्वदेश फर्किन चाहने आफ्ना नागरिक फर्किने प्रवन्ध नमिलाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।

यो पनि पढ्नुहोस् कुवेतमा थप तीन नेपालीलाई कोरोना संक्रमण

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय