विदेशमा जो जहाँ छन् त्यहिं सुरक्षित भएर बस्नुः श्रम मन्त्रालय

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोभिड १९ को महामारीको समयमा विदेशमा रहेका नेपालीलाई तत्कालका निम्ति आफु जहाँ छन् त्यहि सुरक्षित र सावधानीपूर्वक बस्न अनुरोध गरेको छ । मन्त्रालयले एक विज्ञप्ती प्रकाशित गर्दै लकडाउनका कारण वैदेशिक रोजगारमा रहेका नेपालीलाई परेको अप्ठ्यारो प्रति मन्त्रालय गम्भीर रहेको जनाएको छ ।

मन्त्रालयका सह-सचिव सुमन घिमिरेद्धारा जारी विज्ञप्तीमा “लकडाउनको अवधि भनेको आफू जहाँ रहेको हो, त्यहिं सुरक्षित रुपमा बस्नु हो” भन्दै स्वास्थ्यजन्य विपदको परिस्थितिमा आफू रहेको स्थानमा नै बस्न आग्रह गरिएको छ ।

सरकारले विदेशमा रहेका नेपालीका निमित्त आवश्यक सहयोग गर्न कुटनीतिक नियोग निरन्तर परिचालन गरिरहेको पनि मन्त्रालयले जनाएको छ । वेखर्ची भई खान बस्नको समस्या, भिसा वा काम गर्ने सम्झौताको म्याद सकिएको अथवा तलव लगायतका अन्य विषयमा कुनै गुनासो वा समस्या भएमा सम्बन्धित नेपाली दुतावास, कुटनीतिक नियोग वा आधिकारिक निकायका प्रतिनिधिलाई सम्पर्क राख्न र आवश्यक सहयोग लिन सकिने पनि मन्त्रालयले जनाएको छ ।

यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरिरहेको कल सेन्टरमा सम्पर्क गर्न र स्वदेशमा रहेका श्रमिकले पनि कल सेन्टरमा सम्पर्क राख्न सक्ने पनि मन्त्रालयले स्पष्ट गरेको छ । कल सेण्टरमा नेपालभित्रैबाट भएमा ११४१ वा १६६००१५०००५ मा निःशुल्क रुपमा फोन गर्न सकिन्छ । यसैगरी विदेशबाट भएमा +९७७ १ ५९७०००८ मा फोन गर्न सकिने मन्त्रालयले जनाएको छ । तर यो नम्वरमा फोन गर्दा भनें शुल्क लाग्छ । यसैगरी +९७७ ९८०१८०००१३ मा भाइवर मार्फत फोन वा म्यासेज गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस् राहत वितरणमा देखिएको अन्यौल र श्रमिक पञ्जीकरणको आवश्यकता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: