श्रमिकको तलव कटौती गर्ने कुनै सहमति भएको छैनः जेटीयूसीसी

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले टेड यूनियनहरु तथा रोजगारदाताहरुबीच श्रमिकको तलव कटौती गर्ने विषयमा कुनै पनि सहमति नभएको स्पष्ट पारेको छ । केन्द्रले एक विज्ञप्ती प्रकाशित गर्दै सो सहमति भएको भनेर एक अनलाइनमा प्रकाशित समाचार भ्रमपूर्ण रहेको भन्दै अनाधिकारिक समाचारको पछाडी नलाग्न अनुरोध गरेको हो ।

केन्द्रका अध्यक्ष पुष्कर आचार्यले कोरोना भाईरस विरुद्दको संघर्षमा विश्वमा नै लकडाउन भएको परिस्थितिमा श्रमजीवि वर्गको समृद्दिका लागि साझा ढंगले कृयाशिल रहेका नेपालका सम्पूर्ण टेड यूनियन महासंघहरुको साझा संस्था केन्द्रले यसअघि नै आफ्ना सुझाव, सल्लाह सहित आफ्ना माग समावेश ज्ञापनपत्र सरकारलाई पेश गरेको स्मरण गराइएको छ ।

यसअगाडी राजधानी काठमाडौंबाट प्रकाशित हुने एक अनलाइनले श्रमिकको तलव ५० प्रतिशत कटौती गर्न टे«ड यूनियनहरु र रोजगारदाताबीच सहमति भएको भन्दै समाचार प्रकाशित भएको थियो । सो समाचार अनाधिकारिक भएको भन्दै त्यसको खण्डन गरेको हो ।

यो पनि पढ्नुहोस् राहत वितरणमा देखिएको अन्यौल र श्रमिक पञ्जीकरणको आवश्यकता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय