सामाजिक सञ्जाल र केहि सञ्चार माध्यमले भ्रम फैलाए, सजग रहुः जिफन्ट

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यमले वास्तविकतालाई अतिरञ्जित बनाईरहेका कारण त्यसले समाजमा भ्रम उत्पन्न भईरहेको भन्दै यसमा सजग रहन आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ । जिफन्टले प्रेस विज्ञप्ती प्रकाशित गर्दै जिफन्ट आवद्ध सबै सदस्यहरूलाई साँगठानिक प्रणाली र पद्धतीलाई जीवन्त राख्दै आ–आफ्नो संयन्त्र मार्फत वास्तविकता बुझेर तथ्यपरक सूचनाहरू मात्र सार्वजनिक गर्न सक्रिय रहन पनि अनुरोध गरेको छ ।

जिफन्टका महासचिव जनक चौधरीद्दारा जारी विज्ञप्तीमा कोभिड १९ को कहरबाट बच्न जारी लकडाउनको समयमा सामाजिक सद्भाव तथा दूरी कायम गर्दै एकतावद्ध भएर धैर्यताकासाथ लकडाउनको पालना गर्नुको विकल्प नभएको उल्लेख छ ।

जिफन्टले लकडाउन लम्विदै जाँदा श्रमिकहरूलाई खाद्य सामग्रीको अभाव भएको भन्दै मन्त्रीपरिषद्ले राहत वितरण गर्ने निर्णय समयमै गरेको भएपनि स्थानीय तहबाट राहत वितरण गर्ने तरिका तथा मापदण्ड पालिकापिच्छे फरक बनाईएको र रोजगारदाताहरूले दैनिक ज्यालादारी, अस्थायी तथा करार सेवामा काम गर्ने श्रमिकको अभिलेख नराखेको कारण श्रमिकहरूले सहज रूपमा राहत नपाएको धारणा राखेको छ ।

श्रमिकहरूले राहत नपाएको र पैदल नै यात्रा गरीरहेको अवस्था प्रति गम्भीर रूपमा ध्यानाकर्षण भएको भन्दै सीमित साधन र स्रोतका वावजूद तिनको परिचालन गरी जिफन्ट र आवद्ध यूनियनको पहलमा पैदल हिंडिरहेका श्रमिकहरूलाई खाद्यान्न तथा यातायातको ब्यवस्था गर्न स्थानीय प्रशासनसँग समन्वय गरेर सहयोग गरिरहेको जनाइएको छ । थप ब्यवस्थापन गर्न सम्बन्धित निकायहरूमा नियमित छलफल र संवाद जारी रहेको भन्दै जिफन्टले अब छिट्टै यो समस्याको समाधान हुने अपेक्षा पनि प्रकट गरेको छ ।

विज्ञप्तीमा भनिएको छ “संकट देखाएर ऐन कानून र सरकारले जारी गरेको आदेशको अपहेलना वा उल्लंघन गर्ने छुट कसैलाई पनि हुँदैन । औपचारिक श्रम क्षेत्रमा कार्यरत श्रमिकहरूको पारिश्रमिकको सन्दर्भमा रोजगारदाताहरूको संगठन एफएनसीसीआई, सिएनआईको पदाधिकारीहरूसँग नेपाल सरकारको निर्णय कार्यान्वय गर्ने गराउने बिषयमा छलफल भएको छ । त्यसैले हरेक कार्यथलोको सूचना कमिटीगत प्रणाली अनुसार ब्यवस्थित र सम्प्रेषण गर्न जिफन्ट र जिफन्टमा आवद्ध सबै कमिटी तथा सदस्यहरूलाई अनुरोध छ ।”
कतार, यूएई, बहराई, कुवेत, मलेसिया र दक्षिण कोरिया लगायतका नेपाली श्रमिकहरु रहेका देशका सरकारसँग नेपाली श्रमिकहरूको भिसा, उपचार, खाद्यन्न तथा आवासको ब्यवस्था सम्बन्धित देशले गर्ने सहमती नेपाल सरकारले गरेको भन्दै जिफन्टले त्यसको स्वागत गरेको छ ।

लकडाउनबाट नै नेपाली सुरक्षित भएको भन्दै त्यसको पूर्ण पालना गरी आफु, आफ्ना परिवार तथा सबै मानिसलाई कोरोना भाईरसको संक्रमणबाट बचाउन जिफन्टले आग्रह गरेको छ । यसैगरी उच्च जोखिमकाबीच कोरोना भाईरसको विरुद्ध दिनरात खटिईरहेका चिकित्सक, स्वास्थ्य परिचारिका, श्रमिक, सुरक्षाकर्मी, जिफन्टका सदस्यहरू तथ जनचेतना जागृत गर्ने सञ्चारकर्मीहरूप्रति जिफन्टले धन्यवाद ज्ञापन गरेको छ ।

यो पनि पढ्नुहोस् कोरोनाका कारण विश्वमा २८ नेपालीको मृत्यु, करिब १२ सय संक्रमित

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय