कोरोनाका कारण विश्वमा २८ नेपालीको मृत्यु, करिब १२ सय संक्रमित

विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोभिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएन) को संख्या २८ पुगेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिडा १९ उच्चस्तरीय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्मबेलायतमा १७, अमेरिका ८, युएईमा २, आयरल्याण्ड १, जनाको ज्यान गएको हो ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

गैर आवासिय नेपाली सघ (एनआरएनए) का अनुसार विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो तथ्यांक अनुसार २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

नेपालमा १९ हजार ५ सय ५४ जनामा परिक्षण गरिएकोमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ जना कोरोना संक्रमणबाट मुक्त भएको जनाएको छ ।

संक्रमित हुनेमा सवैभन्दा धेरै अमेरिकामा ७ सय छन् भनें बेलायतमा २ सयलाई संक्रमण भएको छ । यसैगरी युएई ७१, स्पेन १०, जर्मनी ४, पोर्चुगल २२, अष्ट्रेलिया ११, आयरल्याण्ड २२, साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, माल्टा २, हङकंङ १, र नेपाल ३१ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ ।

विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो तथ्यांक तयार पारिएको समितिले जनाएको छ ।

विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार विहीवार साँझ सम्म दुई दर्जन भन्दा बढी देशमा १० हजार भन्दा बढी कोरोना पिडितको लागि संघले राहत वितरण गरेको छ ।

यो पनि पढ्नुहोस् राहत वितरणमा देखिएको अन्यौल र श्रमिक पञ्जीकरणको आवश्यकता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: