नयाँ बर्ष २०७७ शुभ होस्

नव वर्ष २०७७ को अवसरमा हार्दिक मंगलमय शुभकामना । वि.सं २०७६ को अन्त्य तिर सुरु भएको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण ठूलो मानविय क्षति भइसकेको छ । प्रतिदिन यो समस्याका कारण ज्यान गुमाउने, संक्रमित हुनेहरुको संख्या कम हुन सकेको छैन ।

एकातिर मानविय क्षति भइरहेको छ अर्कातर्फ महामारी फैलिन नदिन नेपाल लगायत विश्वका विभिन्न मुलुकहरुले लकडाउन गरिरहेका छन् । यसले श्रमिकलाई ठूलो समस्यामा धकेलेको छ, मुलुकले आर्थिक रुपमा ठूलो क्षति व्यहोर्दैैछ ।
आशा गरौं, वि.सं २०७७ हाम्रा लागि शुभ हुनेछ । हामी छिट्टै यो महामारीको संकटबाट पार पाउने छौं । नयाँ बर्ष तपाईका लागि शुभ रहोस्, शुभकामना ।

देशपरदेश परिवार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय